
Csbg-7
Rksr-7
Usbl-7
Gsbg-3
Jsbg-7
Gsbr-6
Pbu
ksbl-7
jsbr-3
Msbg-2


काठमाडौँ । संसदीय छानबिन विशेष समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा १५ दिनका लागि म्याद थप गरेको छ ।
मंगलबार प्रतिनिधिसभाको आज बसेको बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यविधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरेपछि समितिको म्याद १५ दिनका लागि थप भएको हो ।
त्यस्तै प्रस्ताव प्रस्तुत गर्दै थापाले समितिले हालसम्म गरेका कामहरूको बारेमा संक्षेपमा जानकारी गराए । उनले सहकारी बचत अपचलनमा संलग्न ५० जनालाई सोधपुछ गरिएको पनि जानकारी दिए । समितिले सार्वजनिक बिदाको दिनसहित मध्यरातसम्म काम गरेको उनले सदनलाई जानकारी गराएका छन् ।
