तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका मंगलबार, भाद्र १८, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा सम्पन्न गिद्ध संरक्षण विषयक तीज गीत प्रतियोगितामा नेपाल मगर महिला संघ लालमटिया प्रथम भएको छ ।१६ औं अन्तराष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवसको अवसरमा कालिका सामुदायिक वन उपभोक्ता समुह लालमटियाद्वारा सञ्चालित पशु वृद्धाआश्रम तथा गिद्ध संरक्षण केन्द्र लालमटियाकाे आयोजना तथा नेपाल पंक्षी संरक्षण केन्द्र लाजिम्पाट काठमाडौंको सहयोगमा सोमबार महिला भवन लालमटियामा आयोजना गरेको गिद्ध संरक्षण सम्बन्धि अन्तर महिला समूह बीच तिज विशेष प्रतियोगिता तथा सचेतना कार्यक्रममा नेपाल मगर महिला संघ लालमटिया प्रथम हुन सफल भएकाे हो ।

त्यस्तै प्रतियोगितामा गोरखा आइडल स्कूल लालमटियाकाे समूह द्वितीय र आदर्श नमुना माध्यमिक विद्यालय लालमटियाकाे समूह तृतीय भएका थिए । विजेताहरूलाई क्रमश २ हजार ५ सय, २ हजार र १ हजार ५ सय रूप‌याँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

समुहका अध्यक्ष जाेहरमान मियाँको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पालिकाका प्रवक्ता तथा वडा नं.२ का वडा अध्यक्ष पहलमान चाैधरी, नेपाल पंक्षी संरक्षण परियोजना अधिकृत भुपाल नेपाली, वन महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसाल,ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाका क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली,वन उपभोक्ता समितिका सल्लाहकार रमेशमान गुरुङ,राप्ती सामुदायिक वन उपभोक्ता समिति भालुवाङकी उपाध्यक्ष बीजुला केसी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पशुवृद्धाआश्रम तथा गिद्ध संरक्षण केन्द्रका संयोजक शिव राना मगरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन समुहकी सचिव कृष्णा पाेख्रलले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]