Sidha Patra सोमबार, भाद्र १७, २०८१

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले सहकारी ठगी प्रकरणमा सोधपुछ गरेको छ ।

रविसँग सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बयान लिएको १० दिनपछि कास्की प्रहरीको टोली पनि काठमाडौँनै आएर सोधपुछ गरेको हो ।

त्यस्तै कास्कीका डीएसपी वसन्त शर्मा नेतृत्वको सो टोलीले गोरखा मिडिया नेटवर्क,नेचर हव र नेचर नेष्टमा खानतलासी गरेको थियो । पोखरास्थित सुर्यदर्शन सहकारीको निक्षेप रकम हिनामिनाबारे अनुसन्धानका लागि काठमाडौँ आएको बेला टोलीले ३ वटा कम्पनीमा खानतलासी गर्दै रविसहित पूर्वडीआईजी छबिलाल जोशी बन्जाडे र बिपिन कर्माचार्यसँग समेत सोधपुछ गरेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले जानकारी दिए । तर बयान कागज भने नगरिएको उनले बताए ।

यस्तै कास्की प्रहरीका एक अनुसन्धान अधिकृतका अनुसार रविविरुद्ध पूरक जाहेरी परेपछि आवश्यक विषय बुझ्न सोधपुछ गरिएको हो । सहकारीको रकम हिनामिना गरेर गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरेपछि लामिछानेले समेत ऋण लिएको र अरू व्यक्तिमार्फत तिरेको आरोप लागेको छ ।

त्यस्तै प्रहरीका अनुसार लामिछाने सहित तीन जनासँग सोधपुछ र कम्पनीमा छापा मार्ने उद्देश्यले डिएसपी शर्माको टोली चार दिनअघि नै काठमाडौँ आएको थियो । रविले भने सहकारी ठगीमा आफू संलग्न नरहेको निरन्तर दाबी गर्दै आइरहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]