
Gsbg-3
Usbl-7
Gsbr-6
ksbl-7
Rksr-7
jsbr-3
Pbu
Csbg-7
Jsbg-7
Msbg-2


दाङ । गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रको चौथो बार्षिक साधारणसभा शनिवार गढवामा सम्पन्न भएको छ ।
केन्द्रका अध्यक्ष दयाराम थापाको अध्यक्षता तथा गढवा गाउँपालिकाका प्रमुख यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोख्रेलले गढवा पञ्चैबाजाले यस क्षेत्रमा लोपोन्मुख कला संस्कृतिको संरक्षण सम्वद्र्धनमा उल्लेखनिय योगदान गरेको बताए ।
स्थानीय सरकारको तर्फबाट लोपोन्मुख कला संस्कृतिको संरक्षण सम्वद्र्धन, उन्नयन र बिकासका लागि बिशेष योजना बनाएर काम गर्ने प्रतिवद्धता जनाए । गढवा गाउँपालिकामा बहुभाषिक संस्कृति संरक्षणको योजना बनाएर संग्रहालय स्थापना गर्न पहल गर्ने उहाँले बताए ।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आलेमगर, वडा सदस्य दिनमणि आचार्य, गढवा होटल ब्यवसायी संघका अध्यक्ष रामबहादुर थापा क्षेत्री,गढवा उद्योग बाणिज्य संघका सचिव दुखराम चौधरी,देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका सहसचिव पटवारी यादव र गढवा खानेपानी संस्थाका कोषाध्यक्ष दामोदर ढुंगाना लगायतले बोलेका थिए ।
कार्यक्रममा संस्थाका सचिव तिलक पुनले संस्थात प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषध्यक्ष रेशम बहादुर शाहीले आर्थीक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमको संचालन सचिव तिलक बहादुर पुनले गरेका थिए ।
