
pku
Rgp
Pbu
Ggp
Lnp
Srbpu
Rgp1
Unsku
Sgr

Tsm
Pvg
Rsb
Sls
Ggd
Rgu
Ssm
Ksm
Wsp
Asm
Rgs
nsb
Sbs
Hal
Gst
Bbbpu
Bbu
Vor
Rgu

Gsb
Jmb
Abd
Jmb
sab
bbt
Bml
Syp
Mks
Pls
Ptm
Rmb
Rpp
दाङ । सामाजिक संजाल फेसबुक वालमा आएर अनावश्यक मानहानी कमेन्ट गर्ने देउखुरीका ४ जना व्यक्तिलाई प्रहरी कार्यालयमा झिकाएर माफी मागे पस्च्यात छाडिएको छ ।
देउखुरी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष खगेश्वर खनालले गएको शनिबारका दिन राप्ती गाउँपालिका वडा नम्बर ५ भुल्केमा तिज विशेष पिक्नीक कार्यक्रमपछि आफ्नो फेसबुक वालबाट पोस्ट गरेको फोटोमा राप्ती प्रेस मंचका अध्यक्ष अर्जुन अधिकारी,युवा व्यवसायी भुपाल पाण्डे फेसबुक नाम (बोधिसत्व आदित्य स्वामी) युवा व्यवसायी बसन्त प्रकाश शर्मा,राज पोख्रेल लगायत ४ जनाले अनावश्यक मानहानी हुने कमेन्ट गरेपछि उनिहरुलाई बुधबार वडा प्रहरी कार्यालय लमहीमा झिकाएर माफी माग्न लगाइएको हो ।
त्यस्तै उनिहरु मध्य राज पोख्रेल हाल वैदेशिक रोजगारीको सिलसिलामा बाहिर रहेको र उनलाई प्रहरीले व्हाट्सएपबाट सम्पर्कमा ल्याएर माफी माग्न लगाइएको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले जानकारी दिए । समाजमा यस्ता खालका विकृति,विसंगतिहरु तिब्र गतिमा बढ्दै गएको र आगामी दिनमा यस्ता खालका गतिविधिहरु हुँदै नजाउन भनि यस किसमको कार्यलाई अपनाइएको संघका अध्यक्ष ठकुरीले सीधा-पत्र डटकमलाई बताए ।
उनिहरुलाई विद्युतीय ऐन साइबर मानहानी कसुरमा सजाइ पनि दिन सकिन्थ्यो तर पहिलो पटक भएको हुँदा आगामी दिनमा यस्ता खालका गल्तीहरु नदोहोर्याउने सर्तमा उनिहरुले आफ्नो फेसबुक वालबाट र प्रत्यक्ष माफी समेत मागेको र वडा प्रहरी कार्यालयमा दुबै पक्ष बीच मेलमिलाप कागजगरि छाडिएको संघका अध्यक्ष ठकुरीले जानकारी दिए ।
फेसबुक वालमा गरिएका कमेन्टहरु:
माफी मागेको पोस्टहरु:

