
Pbu
Gsbr-6
Jsbg-7
Csbg-7
ksbl-7
Msbg-2
Gsbg-3
jsbr-3
Usbl-7
Rksr-7


काठमाडौं । वैदेशिक रोजगारी पठाउने नाममा ठगी धन्दा गर्ने कैलालीका एक युवक काठमाण्डौंबाट पक्राउ परेका छन् ।
गौरीगंगा नगरपालिका वडा नम्बर -९ मसुरिया घर भएका ३० वर्षीय इश्वरप्रसाद ढकाल विहिबार काठमाण्डौंबाट पक्राउ परेका हुन् । उनी काठमाण्डौं स्थित बुढानिगलकण्ड नगरपालिका वडा नम्बर –५ मण्डिखाटारमा बस्दै आएका थिए ।
त्यस्तै पक्राउ परेका इश्वरीप्रसादले एक जना पीडितबाट ५० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएको उजूरी प्रहरीमा परेको थियो । पीडितले दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इश्वरप्रसादलाई काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो ।
यस्तै उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । उनीसँगै प्यूठान गौमुखी गाउँपालिका वडा नम्बर –७ घर भएका ४६ वर्षीय लालबहादुर जिसी पनि पक्राउ परेको प्रहरीले बताएको छ।
