
Rgp
sbs
Sgr
pku
Lnp
cjs
Rgp1
Unsku
Djs
Ggp
Pes
Gfs
Srbpu
Pbu

Hal
Bbbpu
Gst
Rgu
Wsp
Ksm
nsb
Tsm
Rsb
Ggd
Rgs
Pvg
Sls
Asm
Vor
Rgu
Ssm
Bbu
Sbs

Abd
Mks
Jmb
Rmb
bbt
Ptm
sab
Jmb
Syp
Bml
Rpp
Pls
Gsb
काठमाडौँ । मन्त्री भएपछि पहिलो भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा (देउवा)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् ।
परराष्ट्र मन्त्री राणाले भारतका प्रधानमन्त्री मोदीसँग सोमबार साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट भएको जानकारी दिएकी छिन् । भेटवार्तामा नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको उनले बताइन् ।
त्यस्तै नेपालको परराष्ट्रमन्त्रीका रूपमा आफ्नो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा गरेको उनले उल्लेख गरेकी छिन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली पुगेकी मन्त्री राणाको यो मन्त्री भएपछिको पहिलो भारत भ्रमण रहेकोे छ ।
