
Gisld
gst
Sds
Anm
Pbu
Gmk
Rbs
Ksm
mbd
Mbdvs

Rsb
Ssm
Ggd
Wsp
Hal
Asm
Bbbpu
Gst
Rgu
Ksm
Sls
Rgu
Pvg
nsb
Rgs
Sbs
Vor
Tsm
Bbu

Rpp
Pls
bbt
sab
Syp
Rmb
Gsb
Ptm
Jmb
Bml
Abd
Jmb
Mks
दाङ । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी प्रदेश नम्बर १ को हातमा परेको छ । दाङको लमही स्थित अन्तरास्ट्रिय क्रिकेट खेल मैदानमा भएको फाईनल खेलमा प्रदेश नम्बर १ ले टोली विभागीय डिफेन्डिङ च्याम्पियन एपिएफलाई ६ रनले पराजित गरेको हो ।
जितका लागि कप्तान रुबिना क्षेत्री र एलिसा खडियाले समान दुई–दुई विकेट लिए भने संगीत राईले एक विकेट हात पारिन् । प्रदेश १ ले दिएको १ सय ६ रनको लक्ष्य पछ्याउने क्रममा रहेको एपिएफ २० ओभरमा ७ विकेट गुमाएर ९९ रनमा सिमित रह्यो । उसका लागी ममता चौधरीले सर्वाधिक ३४ रन बनाइन् । करुणा भण्डारीले अबिजित रहँदै २६ रन जोडेपनि एपिएफलाई जित दिलाउन भने सकेनन् । ज्योति पाण्डेले १४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । सुरुमै खराब प्रदर्शन गरेको एपिएफले ५ विकेट पश्चात् बलियो साझेदारी गरेपनी टिमलाई जित दिलाउन भने सकेनन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो । उसका लागि अप्सरी बेगमले ३४ र काजल श्रेष्ठले २९ रनको योगदान गरिन । यस्तै कप्तान रुबिना क्षेत्रीले १८ रन बनाइन् । बलिङतर्फ एपिएफकी सीता राना मगरले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिँदा करुणा भण्डारीको नाममा १ विकेट रह्यो । एपिएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफुलाई बलियो टिमको रुपमा स्थापित गर्दै आईरहेको थियो । उसको रेकर्ड प्रदेश १ ले पहिलो पटक तोडेको हो । यो भन्दा पहिले सोही प्रकृतीको प्रतियोगितामा प्रदेश १ लाई एपिएफले हराएको थियो ।
अहिले भने प्रदेश १ ले नतिजा उल्टाउँदै आफ्नो पक्ष्यमा पारेको छ । जितसँगै प्रदेश १ ले पाँच लाख र उपविजेता एपिएफले तीन लाख रुपैयाँमा चित्त बुझाएको छ । खेल हेर्न सैयौं दर्शक मैदानमा पुगेका थिए ।
