
sbs
Pes
Rgp
Rgp1
Unsku
Gfs
Pbu
Sgr
pku
cjs
Srbpu
Ggp
Djs
Lnp

Vor
Wsp
Rgu
Rgs
Asm
Sls
Bbbpu
Tsm
Ggd
Ksm
Rsb
Gst
Sbs
nsb
Ssm
Pvg
Rgu
Bbu
Hal

Mks
Rpp
Gsb
Ptm
Syp
Abd
bbt
Jmb
sab
Rmb
Jmb
Bml
Pls
काठमाडौँ । नेकपा माओवादी केन्द्रले असोजको पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने भएको छ ।
प्रमुख प्रतिपक्षी दल समेत रहेको माओवादी केन्द्रको बिहीबार आज सकिएको स्थायी समिति बैठकले छलफल र सुझावका आधारमा असोजको पहिलो साता केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो ।
केन्द्रीय समिति बैठक बोलाउनुअघि प्रदेशस्तरीय संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकले सबै प्रदेशमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जवस/मोर्चाको संयुक्त बैठक बोलाउने निर्णय गरेको उनले बताए ।
त्यस्तै बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता सापकोटाले बागमती प्रदेशमा भदौ ५ र ६ गते, विशेष र सम्पर्क समन्वय प्रदेशमा भदौ ७ र ८ गते बैठक बस्ने जानकारी दिए । यस्तै गण्डकी प्रदेशमा ९ र १० गते, सुदूरपश्चिम प्रदेशमा १२ र १३ गते, कर्णाली प्रदेशमा १४ र १५ गते, लुम्बिनी प्रदेशमा १६ र १७ गते बैठक बस्ने जनाएको छ ।
यसैगरी केन्द्रीय आयोगमा १८ गते, मधेस प्रदेशमा २२ र २३ गते, कोशी प्रदेशमा २४ र २५ गते, सल्लाहकार कम्युनिस्ट मञ्चमा २९ र ३० गते, जवस/मोर्चाको २७ र २८ गते बैठक बस्नेछ । यी प्रदेशमा बैठक सकिएपछि भारत, मध्यपूर्व प्रदेश र युरोप अमेरिका प्रदेशमा पनि बैठक बस्ने प्रवक्ता सापकोटाले बताए ।
त्यसैगरी ‘स्थायी समिति बैठकले सातै प्रदेशमा संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ । सबै प्रदेशमा अध्यक्षदेखि उपमहासचिवसम्म नेताहरू जानुहुन्छ । त्यहाँ स्थायी समितिले गरेको निर्णय राख्नेछौँ । त्यसमा आएका सुझाव र सल्लाहको आधारमा राजनीतिक दस्ताबेज तयार गरी असोजको पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने सापकोटाले जानकारी दिए ।
