Sidha Patra सोमबार, साउन १४, २०८१

दाङ । देउखुरीको राजपुरमा श्रीमानले रड प्रहार गरि श्रीमतीको हत्या गरेका छन् ।

राजपुर गाउँपालिका वडा नम्बर १ रसरी बस्ने वर्ष ३८ का गणेश घर्तीले आफ्नै श्रीमती वर्ष ३७ कि बसन्ती घर्ती माथि रड प्रहार गरि हत्या गरेको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

शनिबार राति ९ बजे खाना खाएर सुतिरहेका बेला श्रीमानले श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ । सधै मादकपदार्थ सेवन गरि झगडा गरिरहने भएकोले सो हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

सोमबार बिहान ९:३० बजे सम्म उनीहरुको घरको ढोका नखुले पछि स्थानियले बेला प्रहरी चौकीमा खबर गरे पश्चात सो चौकीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक उज्ज्वल शाहको कमाण्डमा २ जना र ईलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी निरीक्षक कालिका कार्कीको कमाण्डमा ५ जनाको टोलीले उक्त घरको ढोका खोली हेर्दा श्रीमानले श्रीमतीको टाउकोमा फलामको रडले प्रहार गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

त्यस्तै फलामको रड र निज गणेश घर्तीलाई सोही कोठाबाट नियन्त्रणमा लिई अहिले घटनास्थलमा मृतकको शवको जाँचको कार्य भइरहेको र थप अनुसन्धान कार्य समेत भईरहेको प्रहरीले बताएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]