
pku
Ggp
Srbpu
Sgr
Rgp
Pbu
Lnp
Unsku

Sbs
Rgu
Vor
Wsp
Pvg
Rgs
Gst
Hal

Mks
Pls
Rpp
Bml
Syp
दाङ । मोटरसाइकल दुर्घटना हुँदा देउखुरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर स्थानीय घर भई हाल दाङको घोराहीमा फर्निचरको काम गर्दै आएका पोक्सर बहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख राम बहादुर केसीले जानकारी दिए ।
मृतक सुनार रा ३ प ७११४ नम्बरको मोटरसाइकलमा तुलसीपुरदेखि अमिलिया हुँदै लमहीतिर आउँदै गर्दा आज बिहान ९:३० बजेको समयमा दुर्घटनामा परेका हुन् ।
अमिलिया-लमही सडकखण्डको लमही नगरपालिका वडा नम्बर -८ असानीमा आफैले चलाएको मोटरसाइकल अनियंत्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका सुनारको लमही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
