
Rgp
Unsku
Srbpu
Sgr
Pbu
pku
Ggp
Lnp

Sbs
Rgu
Rgs
Wsp
Gst
Hal
Pvg
Vor

Bml
Mks
Pls
Rpp
Syp
दाङ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ८ कहलुवा स्थित शंकर सामुदायिक वन क्षेत्रमा करिब २ सय आँपका बिरुवा राेपिएकाे छ ।
राप्ती गाउँपालिकाकाे सहयोग तथा शंकर सामुदायिक वन उपभोक्त समितिकाे समन्वयमा साेमबार उक्त सामुदायिक वनकाे खाली क्षेत्रमा बिरुवा राेपिएकाे हाे ।
बिरुवा राेपण कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर,प्रदेशसभा सदस्य इन्द्रजित थारु,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख अमरबहादुर माझी, सिसहनियाँका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक मनोहर राम चाैधरी, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्ण बहादुर बुढाथोकी लगायत अन्य जनप्रतिनिधि,वन उपभोक्ता समितिका पदाधिकारी र स्थानीयहरुकाे सहभागीता रहेको थियो ।
खाली रहेको वन क्षेत्रलाई सदुपयोग गर्दै पालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने र स्थानीय स्तरमै राेजगारीकाे सिर्जना गर्ने उदेश्यले साे क्षेत्रमा फलफूलको बिरुवा राेपिएकाे गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । साे क्षेत्रमा गत वर्ष पनि करिब १२ सय बढी आँप र अम्बा जातका फलफूल बिरुवा राेपिएकाे थियो।
त्यस्तै उक्त बिरुवाहरु अहिले हुर्कने अवस्थामा रहेको र तिनीहरूको समय समयमा उपभोक्तहरुद्वारा संरक्षण समेत गरिदै आइएकाे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तुलाध्वज मल्लले जानकारी दिए ।
