
Srbpu
pku
Pbu
Rgp
Unsku
Sgr
Lnp
Ggp

Gst
Rgu
Pvg
Tsm
Sls
Wsp
Hal
Sbs
Rgu
Rgs
Vor
Asm

Pls
Bml
Mks
Rpp
Ptm
Syp
काठमाडौँ । रौतहट जिल्लाको बालचनपुरबाट नक्कली नेपाली नोटसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा सर्लाही जिल्लाको गोडैता नगरपालिका वडा नम्बर ८ निवासी ३२ वर्षीय नजरे आलम र सोही स्थानका इमामुल हक दर्जी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले एक हजार दरका १३ थान नक्कली नोट सहित दुई जना युवकलाई बिहीबार राति पक्राउ गरेको हो । प्रहरीका अनुसार बागमती प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई स्थानीय एक पेट्रोलपम्पबाट नियन्त्रणमा लिइएको हो ।
यस्तै मोटरसाइकलमा पेट्रोल हालिरहेको अवस्थामा फेला परेका उनीहरूको मोटरसाइकल चेकजाँच गर्दा सिटकभर मुनि लुकाइराखेको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीको भनाइ छ । मोटरसाइकल सहित दुवैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटकी सूचना अधिकारी एलिजा गिरीले जानकारी दिएइन ।
