
pku
Ggp
Unsku
Sgr
Rgp
Srbpu
Lnp
Pbu

Tsm
Vor
Wsp
Sls
Rgs
Hal
Pvg
Gst
Rgu
Sbs
Rgu
Asm

Ptm
Pls
Bml
Rpp
Syp
Mks
दाङ । मिथ्या सुचनाले पत्रकारीता जगतमा संकट निम्त्याएको बिहिवार देउखुरीको लमहीमा आयोजित एक कार्यक्रमका बक्ताहरुको ठहर रहेको छ ।
नेपाल पत्रकार महासंघ दाङको आयोजनामा देउखुरीको लमहीमा सम्पन्न गरिएको मिथ्या सुचनाले पत्रकारीतामा निम्त्याएको संकट सम्बन्धि लुम्बिनी प्रदेश स्तरीय बृहत्त छलफल कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले यस बिषयमा जोडदार ढंगले कुरा राखेका छन् ।
पत्रकार महासंघ दाङका कार्यवाहक अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै महासंघका लुम्बिनी प्रदेश सल्लाहकार डा. सुदीप गौतमले सामाजिक सत्तजालमा आउने गरेका अपुष्ट,आधारहिन र सनसनीपूर्ण सुचना तथा समाचारहरुले पत्रकारीता जगतमा संकट निम्त्याएको बताए ।
सोसल मिडियामा उत्तरदायित्व र सम्पादन हुदैन जसले गर्दा पत्रकारको बिश्वसनीयतामा समेत संकट ल्याएको छ । सामाजिक संजालमा पोेष्ट हुने गरेका सुचना तथा समाचारलाई आलोचनात्मक चेत राखेर क्रस चेक गरी शंकास्पद ढंगले बुझ्नुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पूर्व सांसद रेवतीरमण शर्माले सामाजिक संजालमा आउने मिथ्या सुचनाहरुले नागरिकहरु प्रति अबिश्वसनीयता गुमाएको र अनावश्यक अफवाह फैलाउने गरेको बताए । मिथ्या सुचनाहरुले अपराधीक गतिविधि बढाउने र समाजमा अराजकता निम्त्याउने उनको ठहर रहेको छ । मिथ्या सुचना तथा समाचारहरुलाई सरकारका निकायहरुले नियमन गर्न जरुरी रहेको पनि उनले बताए ।
त्यस्तै सो अवसरमा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले सुचना सत्य र तथ्य हुनुपर्ने यसो नभएमा मिथ्या हुने र यस्ता सुचनाहरुले आम नागरिकहरुमा भ्रम सृजना गरिदिने बताए । पत्रकारहरुको सुचना र समाचारले आम नागरिकहरुको बिश्वास जित्न सक्ने हुनुपर्छ यसर्थ सबै पत्रकारहरु र पत्रकार महासंघ समेतले संबेदनशिलताका साथ मिथ्या र भ्रमपूर्ण सुचनाहरुलाई चिर्न सक्नुपर्छ–उनले भने ।
कार्यक्रममा नागरिक समाज दाङका संयोजक निमबहादुर थापा, लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ओंमप्रकाश सुवेदी सागर, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंक शाही ठकूरी,समाजसेवी बुद्धिजिवी बेदनिधी धिताल, सुर्य प्रसाद शर्मा,पुष्पराज अधिकारी,शसीराम नेपाली, पत्रकार राधेश्याम गुप्ता र लिला शाह लगायतले बोलेका थिए । कार्यक्रममा गिरीराज अधिकारीले बिषय प्रबेश गराएका थिए । पत्रकार महासंघ दाङका सचिव आर के सितलको स्वागत मन्तब्यबाट आरम्भ भएको संबाद कार्यक्रमको सहजिकरण सहसचिव दशरथ घिमिरेले गरेका थिए ।

