
pku
Sgr
Pbu
Unsku
Rgp
Ggp
Srbpu
Lnp

Rgu
Asm
Sls
Hal
Sbs
Gst
Tsm
Pvg
Rgs
Wsp
Rgu
Vor

Pls
Mks
Rpp
Syp
Ptm
Bml
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सवारीसाधनमा जिपिएस ट्रयापिङ उपकरण जडान गरिएको छ ।
गाउँपालिकाले पालिकाका जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने सरकारी सवारी साधनमा उक्त उपकरण जडान गरेको हो । कार्यालय समयमा कर्मचारीको वस्तुस्थितिको पहिचान गरी सेवाग्राहीलाई सेवा प्रवाहमा चुस्तता ल्याउन सो प्रणालीले सहयोग गर्ने अपेक्षा गरिएको छ । गाउँपालिकामा रहेका ३६ वटा सवारी साधनमा एकै पटक ट्रयापिङ सिस्टम जडान गरिएको हो ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार पालिकासँगै वडा कार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिका सवारी साधनमा समेत सो उपकरण जडान गरिएको छ । सिस्टम जडान गरिएपछि कुन सवारी कहाँ छ भन्ने सहजै थाहा हुने भएकाले सवारीसाधन दुरुपयोग नहुने अध्यक्ष विष्टको भनाइ छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षले प्रयोग गर्ने सवारी साधनसहित अन्य जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने मोटरसाइकल र अन्य पालिका मातहतका सबै सवारीसाधनमा जिपिएस जडान गरिएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै ती सवारी साधन कहाँ कहाँ पुगेका छन भन्ने कार्यालय प्रमुखले जुनसुकै समयमा सहजै निगरानी गर्न सक्ने गाउँपालिकाले जनाएको छ ।
