
Pbu
Sgr
Unsku
Rgp
Ggp
Srbpu
pku
Lnp

Sls
Asm
Tsm
Vor
Pvg
Sbs
Wsp
Rgu
Rgu
Rgs
Hal
Gst

Ptm
Bml
Syp
Rpp
Mks
Pls
दाङ । गोरक्ष धाम जेष्ठ नागरिक मिलन केन्द्रको सोमबार दोस्रो वार्षिक साधारण सभा लमहीमा सम्पन्न गरिएको छ ।
केन्द्रका अध्यक्ष रतन कुमार केसीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा अध्यक्षले पेश गरेको वार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष खलिसरा बुढाले पेस गरेको आर्थिक प्रतिबेदन सर्वसम्मत पारित गरेको छ ।
त्यस्तै सभाले मौजुदा कार्यसमितिलाई निरन्तरता दिदै संस्थालाई सबल र सक्षम बनाउन विधान बमोजिमका सबै सदस्यता बितरण गरि अन्य स्रोत समेत पहिचान गरि अक्षयकोषको स्थापना गर्ने, संस्थालाई अपडेट राख्न लेखापरीक्षण गराइ नवीकरण गर्ने,बिगतमा विभिन्न दाताहरुबाट प्राप्त गरेको रकमले गोरक्ष धाम जेष्ठ नागरिक मिलन केन्द्रको निर्माण गरिएको भवन उद्घाटन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी गोरक्ष धाम जेष्ठ नागरि मिलन केन्द्रको समग्र उन्ननयन गर्न तथा जेष्ठ नागरिकहरुलाई आध्यात्मिक एवं धार्मिक ज्ञान् दिन आउदो भाद्र महिनाको श्रीकृष्ण जन्माष्ट्मीलाई लक्ष्यित गरि शृंगारिक महाआरती तथा धार्मिक महोत्सवको आयोजना गर्ने लगायतका निर्णय गरिएको धामले जनाएको छ ।
