
Ksb
Nsb
Csb
Rks
Ppu
Gsb
Ssb
Ksb
Bsn
Ssb
Ksb
Tgp
Fmb
jsb
Rsb
Usb

Tsb
Ssb
Gsb
Usb
Hl1

Rgu
Nps
ptl
दाङ । नेकपा एमालेका नेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री हुने भएका छन् । यसअघि कांग्रेस–एमालेबिच दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भए पनि सोमबार बिहान एमाले केन्द्रको निर्देशनपछि आचार्य मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।
त्यस्तै एमाले लुम्बिनी प्रदेश संसदीय दल प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीबाट लुम्बिनीको मुख्यमन्त्री आचार्यलाई बनाउन निर्देशन आएको रातोपाटीलाई बताए।
यस्तै केन्द्रीय अध्यक्षबाट नै चेतनारायणलाई बनाउन निर्देशन आएपछि गिरी ब्याक हुनुपरेको उनले बताए । अर्घाखाँची निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित आचार्य यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए ।
एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले पार्टी केन्द्रले जे निर्देशन दियो त्यही मान्ने बताए । आचार्य एमाले लुम्बिनी संसदीय दलका उपनेता हुन् ।
