
Srbpu
Pes
sbs
Rgp
Lnp
Sgr
Djs
pku
cjs
Unsku
Ggp
Rgp1
Pbu
Gfs

Sbs
Ggd
Rsb
Asm
Rgs
Hal
Sls
nsb
Wsp
Bbu
Rgu
Bbbpu
Pvg
Ssm
Ksm
Rgu
Vor
Tsm
Gst

Rmb
Jmb
bbt
Pls
Gsb
Abd
Bml
Syp
Mks
sab
Ptm
Jmb
Rpp
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ११ जर्गाहमा १ सय शैयाको कोरोना भाइरस उपचार केन्द्र क्वारेन्टाइन वार्ड तयार गरिएको छ । सुनवल नगरपालिका र प्रहरी युक्ति तालिम महाबिद्यालय सुनवलको संयुक्त सहकार्यमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ रोकथामका लागि क्वारेन्टाईन वार्ड तयार गरिएको हो।कुनै बिरामीमा कोरोनाको लक्ष्यण देखिएमा तिनलाई यो वार्डमा राखेर उपचार गरिने छ । बुधबार देखि क्वारेन्टाईन संचालनको तयारी छ । क्वारेण्टाइनमा महाविद्यालयका एक चिकित्सकसहित नगरपालिकाको छुट्टै स्वास्थ्य टीम खटाइएको छ । बेडदेखि बिरामीलाई आवश्यक पर्ने सम्पूर्ण सामाग्री र खानासमेत नगरपालिकाले व्यवस्था गरेको नगर प्रमुख थापाले बताउनुभयो । कोरोना भाइरसको रोकथाम तथा निदान र नगरबासिको सुरक्षाको लागि सुनवल नगरपालिकाले कुनै कसर बाकि नराख्ने नगरप्रमुख थापाले रेडियो सुनवललार्ई बताउनुभयो । उहांले सबै नगरवासिहरुलाई नियमित रुपमा साबुन पानीले हात धुने ,सकेसम्म भिड भाड हुने स्थानमा जम्मा नहुने र अनावश्यक रुपमा चोक चौराहमा जम्मा नहुन पनि आग्रह गर्नु भएको छ । क्वारेण्टाइनका लागि १० थान पीपीईसहितको सामाग्री आइसकेको छ ।कोरोना संक्रमणविरुद्ध तल्लो तहबाट सचेतना जगाउन नगरका १३ वटै वडामा वडाध्यक्षको संयोजकत्वमा गठन भएका कोरोना समन्वय समितिहरुले समेत कोरोना रोकथामको पूर्व तयारीका कामहरु प्रारम्भ गरिसकेका छन् । वडामा रुघाखोकी, ज्वरो सहितका लक्षण देखिएका बिरामी फेला परेमा सम्बन्धित स्वास्थ्य संस्थामा खबर गर्न नगरपालिकाले सर्वसाधारणलाई अनुरोध गरेको छ । यसैगरि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि राष्ट्रिय बाणिज्य बैक सुनवल शाखामा सुनवल नगरपालिकाको नाममा रहेको खातामा सहयोग रकम जम्मा गर्न र बस्तुगत सहयोग उपलब्ध गराई सहयोग गर्न पनि नगरपालिकाले आग्रह गरेको छ ।
यसैबीच संक्रमणबारे सुरक्षित रहन र लक्षण देखिएका बिरामीहरुको उपचारका लागि जिल्लाका सबै स्थानीय तहहरुलाई क्वारेण्टाइन बनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताउनुभयो । उहाले जिल्लामै नमूनाका रुपमा सुनवल नगरपालिकाले उदाहरणनीय काम गरेकोले त्यसको अनुसरण गर्दै अन्य स्थानीय तहले पनि स्वास्थ्य उपचारका उपाय अबलम्बन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
