
Ggp
Lnp
Srbpu
Unsku
Sgr
Pbu
pku
Rgp

Asm
Rgu
Sls
Gst
Pvg
Hal
Ssm
Ksm
Wsp
Tsm
Rgu
Sbs
Vor
Rgs

Bml
Rpp
Pls
Ptm
Syp
Mks
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नं.५ सिसहनियाँमा बुधबारदेखि व्यवसाय नविकरण तथा नयाँ दर्ता शिविर सुरु भएको छ ।
सिसहनियाँ उद्योग वाणिज्य संघको समन्वयमा राप्ती गाउँपालिकाद्वारा व्यवसाय नविकरण तथा नयाँ दर्ता शिविर सुरु गरिएको हाे ।
बुधबार देखी ३ दिनसम्म शिविर सञ्चालन हुने राप्ती गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिए । शिविरको पहिलो दिन ६५ वटा व्यवसाय नविकरण भएको छ भने साे बाट १ लाख ३४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको शाखा प्रमुख आचार्यले जानकारी दिए ।
त्यस्तै उद्योग,व्यवसाय नविकरण गर्दा सिसहनियाँ उद्योग वाणिज्य संघको सदस्यता समेत नविकरण गर्नुपर्ने भएकाले सिसहनियाँ उद्योग वाणिज्य संघको सदस्यता प्रमाण पत्र,राप्ती गाउँपालिकामा व्यवसाय दर्ता गर्दाको प्रमाणपत्र समेत अनिवार्य रुपमा ल्याई समयमै आ-आफ्नो उद्योग, व्यवसायको नविकरण गर्न सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पूर्ण बहादुर बुढाथोकीले सबै उद्योगी व्यावसायीहरुलाई आग्रह गरेका छन् ।
शिविरमा उद्योग वाणिज्य संघको सहजीकरणमा आन्तरिक राजश्व कार्यालय तुलसीपुरबाट हुने प्यान नवीकरण समेत हुने संघका अध्यक्ष बुढाथोकीले बताए ।
