
gms
Amb
Bksbus5
dsbus
Ddhbs
Pbu
Ssbus
syysr
Ratbs
Syees
Nssbus7
Csbus
Gsl
Rbs
Gsbus
Jsbus

Gst
Tsm
Wsp
Sls
Rsb
Asm
Rgu
Sbs
Pvg
Rgu
Hal
Ssm
Rgs
Bbbpu
Ggd
nsb
Bbu
Ksm
Vor

bbt
Ptm
Jmb
sab
Bml
Rmb
Abd
Gsb
Jmb
Syp
Rpp
Pls
Mks
दाङ । गुरुकुल एकेडेमी तुलसिपुरमा विद्यार्थीहरुलाई सर्प सम्बन्धिका कुराहरुबारे जानकारी दिइएको छ । विद्यालयले सर्प उद्धारकर्ता प्रभात भन्डारीद्वारा सर्पबारे विभिन्न कुराहरुको बारेमा जानकारी गराइएको हो ।
बिशेषगरी गर्मी समयमा सर्पहरु बाहिर निस्कने र बालबालिका तथा वृद्धवृद्धाहरुमा निकै जोखिम हुने भएकाले त्यो जोखिम समयमा सतर्कता अपनाउन र त्यो जोखिमलाई न्युनिकरण गर्न कार्यक्रमको आयोजना गरिएको गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए।
कार्यक्रममा गुरुकुलका विद्यार्थीहरुलाई नेपालमा पाईने विभिन्न बिषालु र अबिषालु सर्पहरुको बारेमा कसरी पहिचान गर्ने र सतर्कता अपनाउने भन्ने बारेमा सर्प उद्धारकर्ता प्रभात भन्डारीले जानकारी गराएका थिए । साथै उनले सर्पले टोकेपछि धेरै जसो मानिसहरु धामि झाक्रि कहाँ जाने जसले गर्दा मृत्युसम्म हुने गरेका घटनाहरुलाई आफ्नो फोटो भिडियो देखाउदै यो परम्परागत कुराहरुलाई चिर्दै सर्पले टोकेमा तुरुन्तै अस्पतालमा जानुपर्ने बताएका थिए । सर्पले टोकेपछिको उपचार अस्पतालमा हुने भन्दै धामी झाक्रिमा नलाग्न पनि उनले आग्रह गरे । प्रशिक्षक सर्प उद्धारकर्ता प्रभात संग २०० बढि सर्प उद्धार गरेको अनुभव उँहासंग छ ।
त्यस्तै उनले किङ कोब्रा (बिषालु ) र अविषालु सर्प लिएर गुरुकुलका विद्यार्थीहरु सामु प्रतक्ष रुपमा देखाएका थिए भने विद्यार्थीहरुले प्रतक्ष उक्त सर्पहरुलाई हातमा राखेर सर्प चिन्ने अनुभव समेत गराएका थिए । सर्पबारे प्रशिक्षण कार्यक्रममा गुरुकुल एकेडेमी तुलसिपुरका कक्षा ६ देखि ९ सम्मका विद्यार्थी तथा विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

