
Sgr
Unsku
Srbpu
Rgp
Ggp
Pbu
pku
Lnp

Gst
Tsm
Wsp
Ggd
Hal
Asm
Ssm
Rgu
Rgs
Sbs
Vor
Pvg
Rsb
Ksm
Rgu
nsb
Sls

Mks
Rpp
Syp
Pls
Gsb
Bml
Ptm
दाङ । मनसुन जन्य बिपत्तिहरु आउँदै गरेको अवस्थालाई गंभिरताकासाथ मनन् गर्दै देउखुरीको गढवा गाउँपालिकाले बिपदजन्य समस्याहरु पहिचान गरि विपद प्रतिकार्यकालागि विभिन्न योजनाहरु तयार गरि काम अगाडी बढाउने भएको छ ।
बुधवार गाउँपालिकाद्धारा आव्हान गरिएको पालिका स्तरीय विपद ब्यवस्थापन समितिको बैठक बसी विपद प्रतिकार्यमा जुट्न आवश्यक योजनाका साथ बिभिन्न निर्णयहरु गरिएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए । जस अनुसार पालिकाका सबै वडाहरुमा गठित वडा स्तरीय विपद् ब्यवस्थापन समितिहरुलाई थप सकृय बनाइने भएको छ भने विपद् संग सम्बन्धित आवश्यक तारजाली, हेडलाईट, रबरवोट, होमपाईप, डोरी लगायतका आवश्यक सामाग्रीहरु पालिकाबाट खरिद गरिने र थप विपद प्रतिकार्यका सामानहरु उपलब्ध गराउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण तथा जिल्ला विपद ब्यवस्थापन समितिलाई अनुरोध समेत गरिने भएको पालिकाका विपद् ब्यवस्थापन फोकल पर्सन शेषमणि पौडेलले जानकारी दिएका छन् ।
त्यस्तै गाउँपालिकाले तयार गरेको बिपद प्रतिकार्यको युवा दस्ता र नगर प्रहरीलाई समेत बिपद प्रतिकार्यमा परिचालन गर्ने निर्णय गर्दै रबर बोट चलाउने तालिम तत्काल प्रहरी कार्यालयको प्राविधिक सहयोगमा सञ्चालन गरिने भएको छ । रेडक्रसद्वारा पालिकाका विभिन्न वडाहरुमा गठन गरिएका २६ वटा सिबिआरटी टिमलाई थप सकृय बनाई सम्बन्धित वडाको विपद प्रतिकार्यमा परिचालन गर्ने र पालिका स्तरमा कृयाशिल सबै राजनितिक दलहरुलाई आव्हान गरि बिपद ब्यवस्थापनमा परिचालन गर्नेगरि स्वयंसेवक दस्ता तयार गर्न अनुरोध गर्ने तथा उनिहरुलाई सुचिकृत समेत गर्ने निर्णय गरिएको पालिकाले जनाएको छ ।
बैठकले पालिकाका विभिन्न खोलाहरुमा रहेको ओभर डिपोजिटेड नदीजन्य पदार्थ हटाउने, राप्ती नदीको कतिपय स्थानमा तटबन्धन कमजोर भै बस्तिमा बढी पस्ने खतरा भएकोले तटबन्धन मर्मतकालागि जनताको तटबन्ध कार्यालयलाई अनुरोध गर्ने, पालिकाले तयार गरेको विपद प्रतिकार्य योजना–२०८१ लाई परिमार्जन सहित स्विकृत गर्ने, कालाकाटे गढवा सडकखण्ड तथा विभिन्न खहरेखोला र सबै वडाका विभिन्न स्थानहरुमा बाढीका कारण देखिने बिपदजन्य समस्याहरुको प्राबिधिक अध्ययन गरि समाधान गर्ने, गढवाको ६ नम्बर वडा कार्यालयबाट माग भै आएका स्थानहरुमा स्थलगत अबलोकन र प्राबिधिक अध्ययन सहित समस्या समाधान गर्ने लगायतका निर्णयहरु गरिएको पालिकाले जनाएको छ ।
यसैगरी लमही–कोइलाबास सडकखण्डको जमूनीवास पुल संकटमा रहेको अवस्थालाई मध्यनजर गरि जिल्ला विपद ब्यवस्थापन समितिको निर्णय मार्फत सडक डिभिजन कार्यालयको प्राप्त पत्र बमोजिम निर्धारण गरेको मापदण्ड, परिमाण र क्षेत्र बमोजिम तत्काल सरोकारवालाहरुसंग समन्वय सहकार्य गरि ओभर डिपोजीटेड नदीजन्य पदार्थ हटाई संकलन गर्ने र जमुनीवास पुललाई खतरामुक्त बनाउने निर्णय समेत भएको पालिकाले जनाएको छ । टोलिले गढवा गाउँपालिका वडा नम्बर–४ को पर्सिया कुलोदेखि पूर्वतर्फ खड्गपुरको पुछारबाट राप्तीनदी बस्तिमा पस्ने खतरा रहेको समेत स्थलगत अध्ययनबाट ठहर गर्दै सम्बन्धित निकायहरुमा ध्यानाकर्षण गराउने भएको छ ।
त्यस्तै एडिबिको सहयोगमा राप्ती नदीको दक्षिणी क्षेत्रमा हाल भैरहेको क्रमागत तटबन्धनलाई थप मजबुत बनाउन र राप्तीनदी गढवाको खड्गपुरबाट बस्तीहरुमा पस्ने संभाब्य खतरालाई न्यूनीकरण गर्न सम्बन्धित सबै पक्षको पहल जरुरी रहेको पालिकाले जनाएको छ । उक्त स्थानबाट राप्ती नदी बस्तिमा पसेको खण्डमा गढवाका चारवटा वडाहरु ४, ५, ६ र ७ का ११ वटा गाउँहरु डुवानको उच्च जोखिममा रहने पूर्वानूमान गर्दै उच्च सतर्कता अपनाउन समेत आह्वान गरिएको छ ।

