
Rgp
pku
Lnp
Rgp1
Ggp
Pbu
Srbpu
Sgr
Unsku

Asm
Gst
Vor
Rgu
Bbu
Tsm
Bbbpu
Wsp
Hal
Sls
Rgs
Pvg
Rsb
Sbs
Rgu
Ksm
Ggd
Ssm
nsb

Ptm
Bml
Rpp
bbt
Gsb
Pls
Syp
Jmb
sab
Mks
Rmb
Jmb
Abd
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवन सङ्गिनी स्वर्गीय सीता दाहालको प्रथम स्मृति दिवसमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालसहित उनका परिवारका सदस्यहरूले सीता दाहालको तस्बिरमा पुष्पगुच्छा एवं माल्यार्पण गरेका छन् ।
त्यस्तै श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ,उपाध्यक्षहरू अग्नि सापकोटा,पम्फा भुसाल लगायत पार्टी पदाधिकारी, पार्टीका नेता,कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गरे । प्रधानमन्त्रीको सचिवालयका सदस्य,सरकारी कर्मचारी,नागरिक समाजका अगुवा एवं नागरिकको उपस्थिति थियो । माओवादी नेत्री सीताको स्मरण गर्दै पार्टी उपाध्यक्ष श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै नेत्री सीता परिवर्तनका योद्धाका रूपमा सधैँ स्मरणमा रहने बताउँदै उपाध्यक्ष श्रेष्ठले पार्टीलाई थप एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
त्यस अवसरमा प्रधानमन्त्री दाहालले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन गरे । नेत्री दाहाल माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार थिइन् । उनी २०२८ देखि कम्युनिस्ट आन्दोलनमा लागेकी थिइन् । विसं २०५२ देखि पार्टी अध्यक्ष दाहालले नेतृत्व गरेको जनयुद्धमा सहभागी भएकी थिइन् ।
