
Sds
Rbs
Mbdvs
Pbu
mbd
Gisld

Sls
nsb
Sbs
Ksm
Bbbpu
Rgu
Ssm
Tsm
Bbu
Ggd
Asm
Rgs
Vor
Wsp
Rgu
Gst
Pvg
Rsb
Hal

Syp
Jmb
Jmb
Pls
Rpp
Abd
Ptm
bbt
Bml
Rmb
Gsb
Mks
sab
रौतहट । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले रौतहटको सदरमुकाम गौरमा मंगलबार प्रदर्शन गरेको छ ।
नेकपाका केन्द्रीय नेता मातृका प्रसाद यादवको नेतृत्वमा रौतहट सदरमुकाम गौरको राइसमिलमा भेला भएका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्का नारावाजी गर्दै गौरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि विपी चोकमा विरोध सभालाई सम्बोधन गर्दै नेता यादवले प्रधानमन्त्री ओली प्रतिगमन कारीको मुखिया एवं सरदार रहेको बताउनु भयो । ओली कुनैपनि हालतमा कम्युनिष्ट नभएको र कम्युनिष्टको खोल ओढेर कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने खेलमा लागेको नेता यादवले आरोप लगाउनु भएको छ ।
ओलीको नेतृत्वमा देश सुम्पिनु नै सबैभन्दा ठूलो भूल भएको बताउदै उहाँले अहिलेको सरकार संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षड्यन्त्रमा लागेकाले संसद पुनर्स्थापनाको विकल्प नभएको बताउनु भयो । विरोध प्रदर्शनमा पूर्वसांसदहरु रामकुमार भटराई, सरला यादव,सत्यनारायण भगत, अशोक जयसवाल, युवा नेता युवराज भटराई, शम्भु साह, जिल्ला अध्यक्ष कमल राय यादव लगायतको सहभागी थियो ।
