
Pbu
Ggp
Srbpu
pku
Lnp
Rgp1
Rgp
Sgr
Unsku

Pvg
Rsb
Ssm
Sls
Rgs
Rgu
Ksm
Bbu
nsb
Bbbpu
Vor
Asm
Sbs
Ggd
Rgu
Gst
Wsp
Tsm
Hal

Jmb
Gsb
Ptm
bbt
Bml
sab
Abd
Syp
Rpp
Pls
Rmb
Mks
Jmb
काठमाडौँ । काठमाडौंको एक वर्कसपमा भारतीय नम्बर प्लेटको गाडीबाट १४ किलो भन्दा बढी चाँदी बरामद भएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भारतीय नम्बर प्लेटको गाडीबाट १४ किलो भन्दा बढी चाँदी बरामद गरेको हो । राजधानीको सानो गौचरणस्थित एक अटो वर्कसपभित्र रोकी राखेको अवस्थामा बी आर०६ यू ९०५३ नम्बरको गाडीबाट १४ किलो २ सत ५० ग्राम चाँदीका गरगहनाहरू बरामद गरेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
त्यस्तै चाँदी ल्याउने कार्यमा संलग्न भारतीय नागरिक अमन कुमार,बिकी कुमार साह र चालक पर्साका श्रवण प्रसाद कानुलाई समेत नियन्त्रणमा लिइएको बोगटीले जानकारी दिए । उनीहरूले अवैध रूपमा गहनाको आकार दिएर चाँदी ल्याउँदै काठमाडौँमा बिक्री वितरण गर्ने गरेको खुलेको छ ।
यस्तै तीनै जनालाई आइतबार आवश्यक कारबाहीका लागि चाँदीसहित राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।
