
Rbs
gst
Sds
Ksm
Gisld
Pbu
Gmk
Mbdvs
Anm
mbd

Sls
Ssm
Wsp
Ggd
Pvg
Bbbpu
Rgu
Gst
Rsb
Rgu
Ksm
Asm
Bbu
nsb
Vor
Tsm
Rgs
Sbs
Hal

bbt
Abd
Gsb
Bml
Jmb
Pls
Mks
Ptm
Jmb
Rpp
Rmb
Syp
sab
दाङ । देउखुरीको लमही अन्तर्राष्ट्रिय क्रिकेट खेलमैदानमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा समूह ‘ए’बाट सेमिफाइनल पुग्ने टोलीको आइतबार भएको खेलमा टुंगो लागेको छ ।
आज भएको दोस्रो खेलमा एपीएफले प्रदेश २ लाई ८ विकेटले पराजित गरेसँगै एक खेल अगावै एपीएफ र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाइनलमा पुगेका हुन् भने लगातार दुई-दुई खेलमा पराजित हुन पुगेका कर्णाली र प्रदेश २ प्रतियोगिताबाट बाहिरिएका छन् । प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा एपीएफले प्रदेश २ ले प्रस्तुत गरेको ७३ रनको विजयी चुनौतीलाई १३.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो भने एपिएफकी ओपनर ज्योती पाण्डेले ४० बलमा ४ चौकासहित सर्वाधिक ३० रनको योगदान दिइन् भने सरिता मगर ६ र इन्दु बर्मा १ रनमा अविजित रहिन् । त्यसअघि कप्तान सीता राना मगर ३० बल खेल्दै १ चौकासहित १८ रनमा आउट भएका थिए ।
बलिङतर्फ प्रदेश २ की कविता गौतम र सरस्वती कुमारी चौधरीले १-१ विकेट लिइन् भने त्यस अघि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७२ रन बनाएको थियो । त्यस्तै टोलीका लागि शोभा आलेले १३ रन बनाउँदा सन्तोषी चौधरीले ९ रन र विमला मगरले ६ रन बनाएकी थिइन् ।
बलिङतर्फ एपीएफकी कप्तान सीता राना मगरले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् भने रेखा रावल, करुणा भण्डारी, ईश्वरी बिष्ट र राजमती ऐरीले १-१ विकेट लिएका थिए । अब प्रतियोगिता अन्तर्गत सोमबार पहिलो खेलमा प्रतियोगिताबाट बाहिरी सकेका कर्णाली र प्रदेश २ कोबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा एपीएफ र लुम्बिनीए सामना गर्नेछ ।
