
mbd
Gisld
Pbu
Mbdvs
Sds
Rbs

Rgs
Asm
Sbs
Ksm
Rsb
Sls
Tsm
nsb
Ssm
Rgu
Bbu
Wsp
Vor
Hal
Rgu
Ggd
Bbbpu
Gst
Pvg

Mks
Bml
Ptm
Abd
sab
Rmb
Gsb
bbt
Jmb
Jmb
Pls
Rpp
Syp
दाङ । लुम्विनी प्रदेशको प्रमुख पर्यटकिय तथा धार्मिक स्थल प्युठानको स्वर्गद्वारीमा दैनिक भक्तजन हरुको घुँईचो लाग्ने गर्छ । भक्तालु हरुको लागि त्यँहा हरेक बर्ष महायज्ञ सञ्चालन पनि हुने गर्छ । यज्ञ सञ्चालनका लागि गाईको शुद्द दूध, घ्यु उत्तिकै आवश्यक पर्छ । तसर्थ गाई अत्यावश्यक रहने भएकाले स्वर्गद्वारी आश्रममा गौशाला निर्माण गरी गाईहरुको सँरक्षण गरिएको छ ।
अहिले स्वर्गद्वारी आश्रममा साना ठुला गरि करिब ३ सय गाईहरुको सँरक्षण गरिएको छ । आश्रमले गाई हरुको लालन पालन आन्तरिक श्रोतबाटै गरि रहेको जनाएको छ । गौशलामा गाईहरुको सँख्या घट्दो अबस्थामा रहेको स्वर्गद्वारी आश्रमका कोठारी तामु प्रसाद न्यौपाने “देउता गुरु” ले बताउनु भयो । आश्रमको नाममा रोल्पा, प्युठान र दाङ्गमा हजारौँ बिगाह जग्गा भएपनि त्यसको आयस्ता बाफत अनाज र पराल उपलब्ध नहुँदा गाईको लालन पालनमा समस्या उत्पन्न भएको हो ।
प्युठानको स्वर्गद्वारी आश्रम, दाङ्गको वनगाउँ र झिँगौरामा गरी करिब ६ सय गाई छन् । यी गाईलाई पराल, दाना दैनिकी दिनुपर्छ । तर, गाईलाई खुवाउने परालसम्म अरुसँग मागेर काम चलाउनुपर्ने बाध्यता छ । नियमित खर्च धान्न नै आश्रमलाई हम्मे हम्मे परिरहेको छ । यज्ञलाई अखण्ड राख्नपनि गाई पाल्नुपर्ने बध्यता छ, गाई नभए स्वर्गद्वारीको अस्तित्व पनि छैन कोठारी न्यौपानेले भन्नु भयो । उहाँको अनुसार प्रत्येक पौषको ५ गते घुर्रो दिवसको दिन स्थानिय हरुबाट एक,एक भारी घुर्रो दिने चलन छ । त्यही घुर्रोले केही महिना त धकेलिन्छ तर अन्य दिनहरुमा मागेर वा किनेरै भएपनि काम चलाउनु पर्ने बाध्यता छ । गाई पालनको लागि उचित पुर्बाधार नभएको र भएका पुर्बाधार पनि जिर्ण अबस्थामा रहेकाले गाईको सँख्या दिनप्रतिदिन घट्दो छ ।
प्रसस्त खान पिन र आवासको उचित ब्यबस्था भए गाईको सँख्या बढ्छ, कोठारी न्यौपानेले भन्नु भयो ।गाई सँरक्षणका लागि स्थानिय देखि सँघिय कुनै सरकारले चासो दिएन । भौतिक पुर्बाधारमा ब्यक्तिगत तथा सरकारी निकाय बाट केही सहयोग हुने गरेपनि गौशाला तथा गाई सँरक्षणमा कसैको ध्यान नपुगेको त्यहाँका जिम्बेवार ब्यक्ती बताउँछन् । गाई चरणका लागि स्वर्गद्वारी आसपासमा आश्रमको करिब २६ हजार रोपनी बनजँगल त छ । तर, त्यही बनजँगलमा त्यहाँका स्थानिय आस्रित छन् । प्युठान स्थित स्वर्गद्वारी नगरपालिका १,२ र ३ नम्बर वडाका स्थानिय सोही जँगलमा आस्रित रहेको कोठारी न्यौपानेको भनाई छ ।
स्वर्गद्वारी आश्रमका गाईलाई पराल, दाना सहयोग
स्वर्गद्वारी आश्रममा सँरक्षण गरिएका गाईहरुको लालन पालनमा चरम समस्या रहेको भन्दै दाङ्ग लमहीका जनप्रतिनिधि तथा ब्यबसायीहरु गाईका खाद्यान्न बोकेर सनिबार स्वर्गद्वारी पुग्नु भएको छ । १६ ट्रेक्टर पराल, ३० बोरा दाना, ४ बोरा नुन र मास्क लगायत सुरक्षाका सामाग्री सहित युवा ब्यबसायी सहित जनप्रतिनिधिको टोली स्वर्गद्वारी पुगेको हो । लमहीका जनप्रतिनिधि र युवा ब्यबसायीहरुको सँयुक्त आयोजनामा रकम सँकलन गरि गाईको सँरक्षणमा टेवा पुर्याउने उद्देश्यले सहयोग गरिएको हो ।
लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसी, ७ का मोहन गिरी, ६ का गणेशमान चौधरी, ४ का सुवास न्यौपाने, २ का वडाध्यक्ष नेपालु चौधरी,देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठ, युवा ब्यबसायीहरु केशबराज पन्त, सुर्य बहादुर सुनार,सन्दिप पौडेल, दुलमदास चौधरी, प्रमोद बस्नेत,सुन्दर केसी,सुशील कुमार कौशल, बिनोद शाह,खगराज न्यौपाने,रमण चौधरी लगायतको टोलीले आर्थिक सहयोगमा पराल तथा दाना खरिद गरि सहयोग गरिएको सहयोग कार्यक्रमका संयोजक तथा देउखुरी उद्योग बाणिज्य संघका महासचिब कमल जँग सिँह ठकुरीले जानकारी दिनु भयो ।
ठुलो लगानीमा जनप्रतिनिधि तथा ब्यबसायीहरुको टोलीले सहयोग गरेको यो पहिलो भएको स्वर्गद्वारी आश्रमका कोठारी तामु प्रसाद न्यौपानेले जानकारी दिनु भयो । आगामी दिनमा पनि सहयोगको अपेक्षा सहित धन्यबाद दिँदै सहयोगी दाता हरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
गाई पालन तर्फ रुचि घट्दै गएको र धार्मिक तथा ऐतिहासिक आस्था माथी अप्रत्यक्ष रुपले प्रहार हुँदै गईरहेको परिबेसमा गौशालामा टेवा पुय्राउने उद्देश्यले सहयोग गरिएको युवा ब्यबसायी कमल जँग सिँह ठकुरीले बताउनु भयो । महायज्ञ सञ्चालन सँगै दूध, घ्यु, उत्पादित हुने तरकारी तथा खाद्यान्न को लागि गाई अति आबश्यक भएकोले गाईको सँरक्षण गर्न आवश्यक रहेको लमही ७ का वडाध्यक्ष मोहन गिरीले बताउनु भयो । स्वर्गद्वारी आश्रमका गाईहरुको सँरक्षणका लागि प्रत्यक बर्ष सहयोग जुटाउने सँयोजक ठकुरीले बताउनु भयो । सोही टिमले गत बर्षपनि ८ ट्रेक्टर पराल सहित नुन दाना सहयोग गरेको थियो ।
