
Ksbus
Ksbus
Asbus
Msbus
Lnp
Ggp
Rgp
Sdc
Ggp


दाङ । लुम्बिनी साहित्य सङ्गमले भर्चुल मार्फत पहिलो मिटिङ शनिबार सम्पन्न गरेको छ ।
संस्थाकि अध्यक्ष भगवती बस्याल/खनाल (भावना) को अध्यक्षतामा सुरु भएको बैठक कार्यक्रममा संस्थाका उपाध्यक्ष डा. कृष्णराज डि. सी. महासचिव तेजप्रसाद खनाल,सहसचिव मनबहादुर खत्री, कोषाध्यक्ष रमा पन्त,सदस्य दीपक बराल,सदस्य सरस्वती ज्ञवाली,सदस्य कमानसिँह विष्ट, सल्लाहकार डा. घनश्याम परिश्रमी,सल्लाहकार राजनप्रसाद पन्त,सल्लाहकार डा. नारायणप्रसाद पन्त लगायतको उपस्थिति रहेको थियो।
संस्थाको पहिलो मिटिङले यहीँ असार महिनामै भौतिक रुपमा साहित्यिक कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ । बाँकी थप निर्णयहरु कार्यक्रम हुने दिन गरिने कुरा संस्थाका महासचिव तेजप्रसाद खनालले जानकारी दिए । परिचय तथा शुभकामना आदानप्रदानबाट सुरु गरिएको कार्यक्रममा संस्थालाई के कसरी अगाडि बढाउने भन्ने विषयमा गहन छलफल समेत भएको थियो।
त्यस्तै उक्त बैठक कार्यक्रमको सहजीकरण संस्थाका महासचिव तेजप्रसाद खनालले गरेका थिए । उपस्थित सल्लाहकारहरुले संस्थाको पूर्ण सफलताको शुभकामना समेत व्यक्त गर्दै महत्त्वपूर्ण सल्लाह दिएका थिए ।
