
Pbu
mbd
Sds
Gisld
Rbs
Mbdvs

Vor
nsb
Asm
Pvg
Ssm
Hal
Rgs
Tsm
Bbbpu
Ksm
Wsp
Gst
Bbu
Rgu
Rsb
Rgu
Sbs
Sls
Ggd

Gsb
Rmb
Rpp
Abd
Jmb
bbt
sab
Bml
Ptm
Mks
Jmb
Syp
Pls
दाङ । नेपाल कम्युनिस्ट पार्टी नेकपा राजपुर गाउँपालिका गाउँ कमिटीकाे विस्तारित बैठक शनिबार सम्पन्न भएको छ । राजपुर गाउँ कमिटीको आयाेजनामा सम्पन्न भएको विस्तारित बैठकले प्रधानमन्त्री केपी वलिले सांसद विघटन गरेको भन्दै विभिन्न बिराेधका कार्यक्रमहरू गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टी नेकपा राजपुर गाउँपालिका का प्रवक्ता भिम वलिले सिधापत्रलाई जानकारी दिनु भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा राजपुर गाउँ कमिटीकाका अध्यक्ष चक्रबहादुर खड्का (शेखर) काे अध्यक्षता एवं नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारूकाे प्रमुख आतिथ्यतामा सम्पन्न विस्तारित बैठकले प्रतिगमको बिरोध गर्ने,केपी ओलीको कु को भर्तसना गर्ने, आगामी सड़क आन्दोलन गर्ने बैठकले निर्णय गरेको गाउँपालिका प्रवक्ता वलिले जानकारी दिनु भयो ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजपुर गाउँपालिका को बिस्तारित बैठकले प्रधानमन्त्री र राष्ट्रपतिद्वारा चालेको असम्बैधानिक कदम प्रति घोर भत्सर्ना जाहेर गर्दै,नेपाल कम्युनिस्ट आन्दोलन र सिङ्गो रास्ट्रप्रतिको धोका हो भन्ने निश्कर्ष गरेको छ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला दाङ कार्यालयका सदस्य सुरामणी बेल्वासे,मिना गुरूङ, रामप्रसाद यादव,निमकुमारी झाक्रि लगायतकाले बाेल्नु भएको थियोे । नेपाल कम्युनिस्ट पार्टी नेकपा राजपुर गाउँपालिका इञ्चार्ज सिल्पा चाैधरीकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण सचिव शंकर चाैधरीले गर्नु भएको थियो ।
