
Ggp
Rgp1
Unsku
Rgp
Srbpu
Lnp
pku
Sgr
Pbu

Rgs
Sbs
Rsb
Rgu
Hal
Ksm
Ssm
Bbu
Ggd
Bbbpu
Tsm
Asm
Pvg
Sls
Gst
Wsp
Vor
nsb
Rgu

Mks
Gsb
Jmb
Rpp
Bml
Abd
Pls
Syp
Ptm
sab
bbt
Jmb
Rmb
काठमाडौँ । पश्चिम् नवलपरासी र मोरङबाट अवैध लागु औषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका-२ घोडाहास्थित सडकबाट अवैध लागु औषध जस्तो देखिने खैरो पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्रामसहित भारत महाराजगंज निपनिया बस्ने ३० वर्षीय उमेश यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय बेलाटारी र ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५६ एवाई ५४५० नम्बरको मोटरसाइकल चालक यादवलाई उक्त पदार्थसहित पक्राउ गरेको छ । मोरङको रंगेली नगरपालिका-४ बाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३१ ग्राम ४ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३५ वर्षीय भुवनेश्वर प्रसाद साह र सोही नगरपालिका-९ बस्ने २५ वर्षीय सागर यादव रहेका छन् ।
त्यस्तै ईलाका प्रहरी कार्यालय रंगेली र लागु औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
