
pku
Unsku
Rgp
Lnp
Rgp1
Srbpu
Ggp
Sgr
Pbu

Sbs
Bbbpu
Bbu
Rgu
Tsm
Wsp
Ssm
Hal
Ksm
Rsb
Gst
Asm
Rgs
nsb
Rgu
Vor
Ggd
Sls
Pvg

Pls
Bml
Gsb
Syp
bbt
Jmb
sab
Ptm
Abd
Rmb
Rpp
Mks
Jmb
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले प्राकृतिक विपतको सामना गर्न २४ सै घण्टा जनशक्तिको व्यस्थापन गर्ने भएको छ ।
शनिबार बसेको गाउँपालिकाको स्थानीय विपत व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले मनसुन अवधिभर डोजर लगायत अन्य आवश्यक सवारीसाधन, कर्मचारी र खोज उद्धारका सामग्री तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।
त्यसैगरी वर्षायाममा फैलन सक्ने झाडापखाला, हैजा लगायतका महामारीको नियन्त्रणका लागि स्वास्थ्य शाखालाई हाइअलर्ट राख्ने, सुरक्षा निकाय, रेडक्रसलगायतका संघ संस्थासँगको समन्वयलाई निरन्तरता दिने ,संचार माध्यम मार्फत मनसुन पूर्वतयारीका सूचनाहरु प्रसारण गर्ने निर्णय गरेको विपत व्यवस्थापन शाखा प्रमुख सुवास भट्टराईले जानकारी दिए ।
त्यस्तै बैठकले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीको संयोजकत्वमा नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाका सभापति किरण भण्डारी,नागरिक समाज राप्तीका प्रतिनिधि शेषमणि घिमिरे र विपद व्यवस्थापन फोकल पर्सन सुवास भट्टराई सदस्य रहेको एक स्थानीय विपद सहायता कक्ष समेत स्थापना गर्ने निर्णय गरेको छ।
त्यसैगरी बैठकले गाउँपालिका अन्तर्गत रहेका ९ वटै वडाहरुमा वडा स्तरीय विपद व्यवस्थान समितिको मातहतमा रहने गरि खोज तथा उद्धार जनशक्ति तयार पार्न पालिकामा रहेका सेवा निवृत्त नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीहरुलाई तालिम तथा अभिमुखीकरण प्रदान गर्ने निर्णय गरेको छ।
बैठकलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष तथा स्थानीय विपद व्यवस्थापन समितिका संयाेजक प्रकाश विष्टले विपतको सामना गर्न गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने भन्दै त्यसका लागि तयारी अवस्थामा रहन सम्बन्धित सम्पूर्ण निकायलाई आग्रह गरे ।
बैठकमा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,वडा अध्यक्षहरु, पालिकामा क्रियाशील राजनैतिक दलका प्रमुख,तीन तहकै सुरक्षा निकायका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुकाे सहभागीता रहेको थियोे ।
