
Rgp1
Sgr
Ggp
Pbu
Rgp
pku
Lnp
Srbpu
Unsku

Sbs
Pvg
Ksm
Sls
Bbbpu
Wsp
Ssm
Rgu
Gst
Rsb
Rgs
nsb
Tsm
Vor
Rgu
Asm
Ggd
Bbu
Hal

Ptm
bbt
Bml
Jmb
Abd
Mks
Rpp
Jmb
Gsb
Syp
sab
Rmb
Pls
दाङ । दाङका प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीले ब्यवसायीहरु राज्यका अनमोल स्रोत भएकोले सम्मान गर्न सिक्नुपर्ने बताएका छन् ।
आन्तरीक राजश्व कार्यालय तुलसीपुरको आयोजना तथा देउखुरी उद्योग बाणिज्य संघको समन्वय सहकार्यमा शनिवार देउखुरीको लमहीमा आयोजना गरिएको राजश्व चुहावट नियन्त्रण तथा करदाता शिक्षा सचेतना कार्यक्रमलाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् ।
त्यस्तै ब्यवसायीहरु गौमाता हुन जसले राज्यलाई दुध दिन्छन् । राज्य ब्यवसायीहरुकालागि एक प्रकारको रखवाला हो । ब्यवसायीहरुलाई राम्रो गरे सरकारलाई पनि फाईदा हुन्छ त्यसैले हामी सबैले राष्ट्रको अर्थतन्त्र थाम्ने ब्यवसायीहरुका पिरमर्कालाई ग्रहण गर्दै सम्मान गर्नुपर्ने दायित्व हुन्छ–प्रजिअ सुवेदीले भने । ब्यवसायीहरुले राज्यले बनाएका निति नियम र कानूनको दायरामा आएर राजश्वप चुहावट नहुनेगरी ब्यवसाय संचालन गर्नुपर्छ भने राज्यले पनि ब्यवसायीका पिर मर्कालाई पनि बुझ्नुपर्छ ।
त्यस्तै देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग शाह ठकूरीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै आन्तरीक राजश्व कार्यालय तुलसीपुरका प्रमुख टिकाराज चौलागाईले दर्ता नगरेरै ब्यवसाय सञ्चालन गरेका र दर्ता गरेर पनि राजश्व छल्ने नियतले ब्यवसाय गर्ने गरेका ब्यवसायीहरुलाई नियमनको दायरामा ल्याउन करदाता शिक्षा सचेतना कार्यक्रम गरिएको बताए । पुरानो बर्षौंदेखिको बाँकी रहेको कर बिशेष अफरमा भुक्तानी गर्न सरकारले ब्यवसायीहरुलाई यो बर्ष चान्स दिएको बताउदै कार्यालय प्रमुख चौलागाईले आर्थिक बर्ष २०७८÷०७९ को कर र त्यसको २५ प्रतिशत मात्र ब्याज भुक्तान गरेपछि बर्षौदेखि कर नतिरेका ब्यवसायीहरुलाई सरकारले छुट दिएको बताए । सबै ब्यवसायीहरुले राजश्व चुहावट नहुनेगरी सरकारलाई कर भुक्तानी गर्न र आफूले खरिद बिक्री गरेको बर्षभरीको अभिलेख राखि त्यासको आधारमा राजश्व बुझाउने कुरामा सचेत हुन चौलागाईले ब्यवसायीहरुलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेलले ब्यवसायीहरु राज्यबाट दोहोरो तेहेरो करको चपेटामा परेकोले तथा अण्डरविलीङको समस्यामा रहेकोले ब्यवसायीहरुका गुनासा र पिरमर्कालाई पनि सरकारले सुन्नुपर्ने बताए । ब्यवसायीहरु राष्ट्रका महत्वपूर्ण स्रोत हुन, हाम्र कतिपय समस्या छन् समस्यालाई राज्यले ग्रहण गरेमा हामी सधैव कर कार्यालय र स्थानीय सरकारसंग समन्वय र सहकार्यका साथ काम गर्ने बताए ।
त्यस्तै कार्यक्रममा कोइलाबास भन्सार कार्यालयका प्रमुख दिपक शर्माले नाका क्षेत्रहरुबाट राजश्व चुहावटको समस्या हुने गरेको,नेपालका ब्यवसायीहरुले कोईलाबासबाट सरसमानहरु आयात नगर्ने गरेकोले अस्थायी पैठारीबाट मात्र भन्सारले लक्ष्य बमोजिको राजश्व संकलन गर्न सफल भएको बताए । कोइलाबास नाकाबाट मालसामान ल्याउने कार्यलाई ब्यवसायीक संस्थाहरुले ध्यान दिनुपर्ने र राजश्व संकलनमा सरकारलाई सहयोग गर्न समेत उनले आग्रह गरेका छन् ।

