
Unsku
Rgp
pku
Sgr
Lnp
Pbu
Srbpu
Ggp
Rgp1

Tsm
Vor
Rgu
Ggd
Asm
Hal
Sls
Ksm
Gst
Sbs
nsb
Rsb
Pvg
Wsp
Bbbpu
Rgs
Rgu
Ssm
Bbu

Jmb
Abd
bbt
Bml
Mks
Gsb
Pls
Ptm
Syp
Rpp
Jmb
Rmb
sab
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले व्यावसाय गर्न चाहाने व्यक्तिहरुलाई मकै पोल्ने र मकैकाे चटपट बनाउने तालिम सँगै प्रविधि हस्तान्तरण गरेको छ ।
गाउँपालिकाले साना उद्यम तथा व्यवसाय उत्थान कार्यक्रम तथा सिप विकास कार्यक्रम अन्तर्गत साे तालिम सँगै प्रविधि हस्तान्तरण गरेको हाे । राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर चाैधरीकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवं प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीको विशिष्ट आतिथ्यतामा माैरीघाटमा सम्पन्न उक्त कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष विष्टले विपन्न र समुदायमा बसेर केही गर्न खोज्ने नागरिकलाई तालिमसँगै प्रविधि सहयोग गरि स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले रहेको बताए ।
त्यस्तै विपन्न र समुदायमा बसेर केही गर्न खोज्ने नागरिकलाई मकै पोल्ने र यसको चटपटे बनाउने मेशिन दिएका छौं,यो मेशिनले दिनभर थोरै दाउराबाट धेरै मकै पोल्न र उसिन्न सकिन्छ । अन्य परिकार पनि बनाउन सकिन्छ,अर्गानिक खाजा बनाएर जंकफूड निस्तेज पार्ने पालिकाकाे दीर्घकालीन योजना हो’,अध्यक्ष विष्टले बताए ।
त्यस्तै भालुवाङदेखि सिसहनियाँसम्म धेरै स्थानीयले यो तालिमबाट जीविकोपार्जन गर्नसक्ने अपेक्षा लिएका छौं, हाम्राे सानो सहयोगबाट विपन्न नागरिकलाई ठूलो आधार हुनसक्ने र स्थानीय उत्पादनलाई साथ दिने मुख्य उद्देश्यले यो कार्यक्रम थालेका हौं ।’ कृषि क्षेत्रलाई यहाँको समृद्धिको मुख्य आधार मानेर यसका सहायक पक्षलाई बलियो बनाउन थालिएको समेत बताए । गाउँपालिकाले गत महिना साे तालिमकाे लागि आवेदन माग गरेको थियो । साेही अवधिमा प्राप्त भएका ५ जना व्यक्तिहरुलाई तालिम सहित प्रविधि हस्तान्तरण गरेको हाे । पूर्वपश्चिम राजमार्ग र लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा रहेको यो पालिका मकै सुपर जोनकाे रुपमा रहेको छ ।

