Sidha Patra सोमबार, जेठ २८, २०८१

काठमाडौँ । प्रहरीले कक्षा १२ को प्रश्नपत्र आउट गराएको आरोपमा डिल्लीबजारस्थित टाइम्स कलेजका शिक्षक सहित दुई जनालाई पक्राउ गरेको छ ।

त्यस्तै पक्राउ पर्नेमा टाइम्स इन्टरनेशनल कलेजका शिक्षक बागलुङ घर भएका केशव घिमिरे र पाल्पा रिडिकोट घर भएका २४ वर्षीय विकाश ज्ञवाली रहेका छन् । ज्ञवाली ट्युसन पढाउँ छन् । वैशाख १४ देखि २६ सम्म सञ्चालित परीक्षामा उनीहरुले ह्वाट्स एपमा ग्रुप बनाएर प्रश्नपत्र आउट गराएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

यस्तै उनीहरू विरुद्ध शिक्षा ऐन–२०२८ अन्तर्गतको कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । आधा घण्टा अघि प्रश्नपत्र आउट गरेपछि ह्वाट्स एप ग्रुपमा हेरेर विद्यार्थीहरू परीक्षा हलमा प्रवेश गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]