आलोक भाबुक/गढवा शनिबार, जेठ २६, २०८१

दाङ । बाल विवाह न्युनिकरण गर्न सबैको प्रयास आवश्यक रहेको गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताएका छन् ।

महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको बालविवाह न्युनिकरणका लागि धामी, झाँक्री, कटकन्दार,अगहरिया र पुरोहितका लागि प्रशिक्षण कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले सो कुरा बताएका हुन् । बालविवाह न्युनिकरणका लागि वडागत रुपमा सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताउदै उपाध्यक्ष चौधरीले त्यसबारे पालिकाले योजना बनाई रहेको बताए ।

बालविवाहका कारण हुने समस्याहरुको बारेमा सबैलाइ सचेत नबनाएसम्म बालविवाह रोक्न नसकिने बताए । पहिलेको तुलनामा हाल धेरै कम बालविवाह हुने गरे तापनि शिक्षा, अज्ञान्ता,गरिवि र बेरोजगारी बालविवाहको प्रमुख कारण भएकोले बालविवाह रोक्न सचेतना,अनिवार्य शिक्षा,रोजगारी लगायतको पक्षमा ठोस कार्यक्रम बनाउने तयारीमा गढवा गाउँपालिका रहेको स्पष्ट पारे ।

त्यसैगरी कार्यक्रम आफ्नो प्रस्तुति प्रस्तुत गर्दै प्रशिक्षक कमल गौतमले बालविवाह न्युनिकरणका लागि जनप्रतिनीधिहरुले ऐन, नीति, निर्देशिका र कार्यक्रमहरु ल्याउनुपर्ने बताए ।बालविवाहका कारण बर्सेनि ठुलो संख्यामा आत्महत्या,सम्बन्ध बिच्छेद जस्ता समस्या आइरहेको बताए ।

अधिकांश किशोर किशोरीको विवाहको निर्णय बुवाले लिने गरेको, बाल विवाहले पार्ने नकारात्मक असर र कानुनी दण्ड सजायको बारेमा जानकारी हुँदा हुँदै परम्परा, गरिबी, दाईजो लगायत कारणले छोरीको कमै उमेरमा विवाह गरिदिने गरेको पाईएको छ त्यसका लागि सरोकारवाला निकाय सजग र सावधान हुनु पर्ने बताए । जनप्रतिनीधि नै बाल विवाह भईरहेको ठाउँमा भोज खान गईदिने चलन छ । समाजका शिक्षित बर्ग जनप्रतिनिधि, कटकन्दार, अघरिया पुरोहित सबैले बालविवाह न्युनिकरणका एकजुट नभएसम्म बालविवाह रोक्न नसकिने बताए ।

उक्त कार्यक्रम समाजका अग्रज व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]