
Sgr
Unsku
Rgp1
pku
Ggp
Rgp
Pbu
Srbpu
Lnp

Gst
Hal
Pvg
Ksm
Ggd
Sls
Sbs
Tsm
Vor
Asm
Bbu
Rgu
Rgu
Ssm
Wsp
nsb
Bbbpu
Rsb
Rgs

Jmb
Ptm
Syp
sab
Mks
Abd
Rpp
Rmb
Jmb
bbt
Bml
Gsb
Pls
दाङ । दाङको तुलसीपुरमा एक युवकले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
कपुरकोट गाउँपालिका वडा नम्बर ६ सल्यान घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमल्दार शालिकराम बुढाथोकीले तुलसीपुर ६ डुम्रीगाउँमा बस्ने श्रीमती टिका बुढाथोकीको हत्या गरेका हुन् ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर पोखरेलका अनुसार शालिकराम मिसनबाट फर्केर घर बिदामा आएका थिए । घर विदामा आएका बेला श्रीमतीलाई शुक्रबार बिहान सवा ८ बजेतिर परपुरूषसँग आपत्तिजनक अवस्थामा भेटेपछि शालिकरामले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै शालिकरामले श्रीमतीका साथमा फेला परेका आर्यन थापालाई समेत खुकुरी प्रहार गरेका छन् । थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अछाम घर भएका आर्यन पनि नेपाली सेना हुन् । उनी तुलसीपुरस्थित १९ नम्वर बाहिनीमा कार्यरत छन् । उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने शालिकराम ईप्रका तुलसीपुरको नियन्त्रणमा राखिएको छ ।
