
Sgr
pku
Ggp
Rgp
Srbpu
Lnp
Rgp1
Unsku
Pbu

Bbbpu
Bbu
Rgu
Rgu
Hal
Vor
Gst
Ggd
Ssm
Sls
Asm
nsb
Sbs
Rgs
Ksm
Rsb
Pvg
Tsm
Wsp

Rmb
Abd
sab
Bml
Jmb
Syp
Jmb
Rpp
bbt
Pls
Ptm
Mks
Gsb
दाङ । घोराही उपमहानगरपालीका वडा नम्बर १५ मा बालबालिकाहरुका लागि आयोजना गरिएको २ दिने आत्मरक्षा तालिम शुक्रबारदेखि सुरु भएको छ ।
घोराही १५ नमूना कपासि टोलमा रहेको सुर्योदय युवा क्लवको आयोजनामा भएको आत्मरक्षा कार्यक्रमको उद्धाटन घोराही उपमहानगरपालीका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेले गरेका हुन् । आत्मरक्षा कार्यक्रमको उद्धाटन गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पान्डेले भने जसरी हिजो निर्धक्कका साथ छोरी मान्छेहरुलाई हिडडुल गर्न सक्ने अबस्था थियो आज त्यस्तो अबस्था नभएको बताएका छन् ।
त्यसैले आजबाट सुरु भएको आत्मरक्षा कार्यक्रमले पक्कै पनि बालबालिकालाई फाइदा मिल्ने छ भन्दै यो सिपलाई गलत ठाँउमा गलत प्रयोग नगर्न पनि अध्यक्ष पाण्डेले आग्रह गरे । बालबालिकाहरुमा बढ्दो अबस्थामा रहेको लागु औषध प्रयोगबाट बच्न विभिन्न जनचेतनामूलक कार्यम्रमको आबश्यकता रहेको पनि उनले बताए । साथै यस सुर्योदय युवा क्लवले आयोजना गरेको २ दिने आत्मरक्षा प्रशिक्षण कार्यक्रमले शारिरीक तथा मानसिक फाइदा हुने र आफु अब्बल हुने पनि अध्यक्ष पान्डेले बताए ।
यसका साथै वडा नम्बर १५ भित्र नमूना काम गरेको भन्दै विकास नगर टोल बिकास संस्थालाई धन्यबाद समेत प्रदान गरे । करिब ३ महिना अगाडि विकास नगर टोल विकास संस्थाले एक औपचारीक कार्यक्रमको आयोजना गरि टोललाई गुट्खा तथा सुर्ति जन्य पद्धार्थ सेवन तथा विक्रि बितिरणमा रोक लगाई गुट्खा तथा सुर्ति मुक्त टोल घोषणा गरेको थियो । यो नमूना काम अन्य टोलले पनि गर्नुपर्ने बताए ।
कार्यक्रममा सम्पूर्ण टोल विकास संस्थाको नेतृत्व गर्दै विकासनगर टोल विकास संस्थाका अध्यक्ष बेचन वलीले आफ्ना भनाई राखेका थिए । उनले सुर्योदय युवा क्लवले गरेको यो आत्मरक्षा कार्यक्रम अहिलेका किसोर किसोरीहरुको लागि निकै उत्तम रहेको र सह्रायिन रहेको बताए । यस्तै उक्त कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाउनु पर्ने बताए ।
कार्यक्रममा वडा नम्बर १५ का वडा सदस्य लेखनाथ बुढाथोकि,माधव श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । वडा अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण क्लवका अध्यक्ष अजय भुषालले गरेका थिए भने कार्यक्रमको प्रशिक्षकमा सुरेश परियार रहेका थिए ।

