
Rgp
pku
Sgr
Unsku
Lnp
Rgp1
Srbpu
Ggp
Pbu

Bbbpu
Ggd
Asm
Pvg
Ksm
Sls
Bbu
Rgu
Ssm
Rgu
Wsp
Gst
Rgs
Tsm
Sbs
nsb
Rsb
Hal
Vor

Rpp
Gsb
Ptm
Jmb
Syp
Pls
sab
Jmb
Rmb
bbt
Abd
Mks
Bml
दाङ । यस वर्षको मनसुन यहीँ जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ । यद्यपी मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने जल तथा मौमस विज्ञान विभागले जनाएको छ ।
मनसुन हाल भारतको उत्तर पूर्वी भू–भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ आँकलन गरिएको भए पनि त्यसअघि नै भित्रिने देखिन्छ । मनसुन नेपाल भित्रिनु भन्दा पुर्व लमही नगरपालिकाले सरोकारवालाहरुसंग छलफल गरेको हो ।
वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले लमही नगरपालिकाको विपत शाखा र सुरक्षा निकायलाई निर्देशन दिएका छन् । हरेक वर्ष वर्षाका कारण विभिन्न स्थानमा आएको बाढीपहिरोबाट ठुलो क्षति हुने गरेको भन्दै सचेत रहन आग्रह गर्दै उद्धार,राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन विपत शाखा र सुरक्षाकर्मीलाई निर्देशन दिएका हुन् ।
त्यस्तै लमही नगरपालिका विपत शाखा प्रमुख गायत्री थापाले जुनसुकै समयमा निम्तिने विपतलाई सामना गर्न आफुहरु तयार रहेको बताए । ‘मनसुन नेपाल भित्रिने समय नजिकै आइरहेकोले विपतले छुने सम्भावित ठाउँहरुको विवरण तयार गरेका छौं, केहि गरि ति ठाउँहरु विपतको चपेटामा परिहालेमा कसरी उद्दार र पुनर्स्थापना गर्न सकिन्छ भनेर मानसिक रुपमा हामी तयार नै छौं,शाखा प्रमुख थापाले बताए ।
