
mbd
Rbs
Gisld
Sds
Mbdvs
Pbu

Bbbpu
Pvg
Wsp
Ggd
Rgs
Sbs
Rgu
Hal
Ssm
Gst
nsb
Ksm
Asm
Vor
Tsm
Bbu
Rgu
Sls
Rsb

Abd
Ptm
Mks
Rmb
bbt
Rpp
Pls
Jmb
Bml
Gsb
Jmb
sab
Syp
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ हसनापुरको अर्जुन आधारभुत बिद्यालयको अध्यक्षमा पुन:प्रेमलाल चौधरी सर्बसहमतीबाट चयन हुनु भएको छ ।
मंगलबार सम्पन्न अभिभावक भेलाले चौधरीकै नेतृत्वमा नयाँ बिद्यालय ब्यबस्थापन समिति गठन भएको हो । सदस्य सचिबमा बिद्यालयका प्रधानाध्यापक महेश न्यौपाने रहेका छन् भने सदस्यहरुमा ध्रुब बहादुर चौधरी, रोसनी बोहरा, टिका घर्ती र मनोनित सदस्यहरुमा रण बहादुर घर्ती, धनपती चौधरीलाई सर्बसहमतीबाट चयन गरिएको छ । त्यस्तै जंजिरु चौधरीको सँयोजकत्वमा शिक्षक अभिभावक संघपनि गठन गरिएको छ । जसको सदस्य हरुमा नरमला कामी, गँगा चौधरी, सुरतिया थारु, गिरधारी लाल चौधरी, रेशम सिँह ठकुरी, संची चौधरी, प्रशुराम चौधरी र शिक्षक प्रतिनिधिमा भोजराज चौधरी निर्बिरोध चयन भएका हुनु भएको हो ।
बिद्यालय ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष प्रेमलाल चौधरीको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा बोल्दै वडाध्यक्ष गिरीले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना ज्ञापन व्यक्त गर्नु भएको छ । उहाँले वडा स्तरको एकमात्र बिद्यालयमा शैक्षिक गुणस्तर अभिबृद्दीका लागि नया नेतृत्वलाई अनुरोध गर्नु भयो । बिद्यालयलाई अगाडि बढाउन जस्तो सुकै प्रस्थितिमा पनि सदैब सहयोग गरिने प्रतिबद्दता ब्यक्त गर्दै ध्यक्ष गिरीले शिक्षाको मन्दिर बिद्यालयलाई सबैले माया र साथ दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा लमही नगरपालिका शिक्षा शाखा प्रमुख रबिन्द्र क्षत्री, राप्ती माबि उचानिम्बुका पुर्ब प्रधानाध्यापक पदम प्रसाद योगी, अर्जुन आधारभुतका पुर्ब प्रअ नारायण प्रसाद मज्गैँया लगायतका बक्ताले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण बिद्यालयका प्रअ महेश न्यौपानेले गर्नु भएको थियो ।
