
Pbu
Lnp
Srbpu
Ggp
pku
Unsku
Sgr
Rgp1
Rgp

Sbs
Bbbpu
Wsp
Rgs
Rgu
Sls
nsb
Ggd
Ksm
Gst
Bbu
Hal
Pvg
Tsm
Rsb
Ssm
Vor
Asm
Rgu

Abd
Rpp
Rmb
Jmb
Syp
Ptm
bbt
Bml
Pls
Gsb
Jmb
Mks
sab
काठमाडौं । बालिकालाई यौन दुर्व्यवहारको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी पक्राउ परेका छन् ।
एक जना १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार (बलात्कार प्रयास) गरेको आरोपमा शिवाकोटी प्रक्राउ परेका हुन् । उनी हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छन् । शिवाकोटीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा सचेतनामुलक अभियान चलाइरहेको थियो । त्यहीँ क्रममा ती बालिकाले आफूमाथि यौन दुर्व्यवहार र कुटपिट हुने गरेको सूचना दिएकी थिइन् ।कार्यक्रममा महानगरपालिका,बाल अधिकारकर्मी,स्वयम्भु प्रहरी लगायतको टोली सहभागी रहेको थियो ।
पीडित बालिकाको सूचनाका आधारमा महानगरको टोलीले इन्सपेक्टर शिवाकोटीलाई नियन्त्रणमा लिएर स्वयम्भु प्रहरीको जिम्मा लगाएको हो । ती बालिकालाई भने उद्धार गरी अहिले सुरक्षा गृहमा राखिएको छ ।
