
Rgp1
Sgr
Unsku
Rgp
Srbpu
Lnp
pku
Pbu
Ggp

Bbu
Rgu
Rsb
Bbbpu
nsb
Tsm
Rgu
Sls
Rgs
Pvg
Asm
Ggd
Vor
Ksm
Wsp
Ssm
Sbs
Gst
Hal

bbt
Ptm
sab
Jmb
Bml
Abd
Mks
Gsb
Pls
Rpp
Rmb
Jmb
Syp
दाङ । देउखुरीको शिवसवरी धाम धार्मिक केन्द्रले आफ्नो ११ औं जन्मोत्सव भव्य साथ सोमबार एक कार्यक्रम गरि मनाएको छ ।
लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती गाउँपालिका–५ पहरूवामा रहेको सो धामले जन्मोत्सवका अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा पुगेर २५ हजार ८ सय ४५ रूपैयाँ बराबरको चामल, दाल, नुन, तेल, आलु, सरफ, फलफूल, विस्कुट, फ्रुटी, लत्ताकपडा र नगद प्रदान गरेको हो ।
धामकी संरक्षक गुरु शिवलक्ष्मी चौधरीको अध्यक्षता एवम् निलसागर सेवा आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीको प्रमुख आतिथ्यतामा सो सामाग्री हस्तान्तरण गरिएको छ । सामाग्री बुझ्दै आश्रमका कार्यवाहक अध्यक्ष चौधरीले खाद्यन्न अभाव भएका बेला शिवसवरी धामले गरेको पुण्य काम प्रति धन्यवाद दिए । उनले यस्ता पवित्र कार्यले भोका नाङगाहरुलाई राहत मिलेको समेत बताए ।
त्यस्तै धामकी संरक्षक गुरु शिवलक्ष्मी चौधरीले आश्रममा खाद्यन्न अभाव भएको सुनेर आश्रममा आई खाद्यन्न सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए । उक्त राहत प्रदान कार्यक्रममा राप्ती गाउँपालिका गाउँ कार्यपालिका सदस्य राजेन्द्र पुजाली,धामका संस्थापक अध्यक्ष मिश्रुलाल चौधरी, सचिव राजेन्द्र चौधरी,सदस्य सुरजमणी चौधरी, सल्लाहकार तथा पत्रकार सन्तोषकुमार गुप्ता, पत्रकार मोतीराम भट्टराई लगायत भक्तजनहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन धामका सल्लाहकार तथा पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए । त्यस्तै जन्मोत्सवका अवसरमा धामले करिव ७ हजार २ सय रुपैयाँ बराबरको १२ जना बालबालिकालाई लगाउने पोशाक समेत प्रदान गरेको छ । धाम र गंगासागरमा विशेष पुजा आराधाना गरि धामकी संरक्षक गुरु शिवलक्ष्मी चौधरी र वरिष्ठ उद्योगपती तथा सामाजिक व्यत्तित्व जगतप्रसाद पोख्रेलले ती बालबालिका सो पोशाक प्रदान गरेका हुन् । जन्मोत्सवका अवसरमा भजनकृतन समेत गरिएको थियो ।
