
Ggp
Unsku
Lnp
Pbu
Rgp1
Sgr
Srbpu
Rgp
pku

Rgu
Rgs
Wsp
Sbs
Tsm
nsb
Ggd
Rgu
Bbu
Sls
Bbbpu
Rsb
Gst
Vor
Ksm
Pvg
Hal
Asm
Ssm

Mks
Pls
Rpp
Bml
Syp
Abd
Rmb
Jmb
Ptm
sab
bbt
Jmb
Gsb
काठमाडौं । फेसबुक र व्हाट्सएप मार्फत कुरा गरेर लाखौँ ठग्ने दाङका एक युवक पक्राउ परेका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौंकाे मित्रनगर बस्ने २१ वर्षिय वीरबल घर्ती मगर रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
घर्तीले ३ जना पीडितबाट १६ लाख ६२ हजार रकम ठगेको पाइएको छ । उनलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
त्यस्तै काठमाडौँमा बस्ने एक जना युवकलाई विदेशी नागरिक क्याथरिन सिन्डेभेराले फेसबुकमा साथि बन्न अनुरोध गरेपछि उनीहरूबिच मेसेन्जरमा कुरा गर्दा क्याथरिनले भन्छन्–‘म अमेरिकन आर्मी हुँ, सिरिया मिसनमा खटिएको छु ।’ सिरियाको मिसनमा आतङ्ककारीहरूले लुकाई राखेको १ दशमलव ७ मिलियन डलर फेला पारेर ल्याएको र रकम अमेरिका लैजान नमिल्ने भन्दै क्याथरिनले सो रकम नेपाल पठाउने आश्वासन पीडितलाई दिएका थिए ।
क्याथरिनको अनुरोध पीडितले स्वीकारेपछि क्याथरिनले ‘पछि म नेपालमा आएर विद्यालय र अस्पताल सञ्चालन गर्नुपर्छ तपाईंको नाममा सो डलर पठाइदिन्छु तपाईंले ३० प्रतिशत चलाउनु बाँकी रहेको रकम सुरक्षित साथ राख्नुहोला’,भनेपछि पीडित युवकलाई ह्वाट्सएप नम्बरबाट फोन गरेका थिए । फोन गर्नेले युएनको कूटनीतिक एजेन्टको परिचय दिएर त्रिभुवन विमानस्थलमा पार्सल आएको समेत बताएका थिए । सो पार्सल पाउन भन्सार शुल्क बापत १ लाख ४६ हजार बीरवल घर्तीमगरको नामको बैंक खातामा पठाउन भन्दै खाता नम्बर दिएका थिए ।
त्यस्तै पीडितले भन्सार शुल्क बापत रकम पठाए तर, सामान नपाएपछि उनी प्रहरीकहाँ गएका हुन् । टिकटक र इन्स्टाग्राम मार्फत कुरा गरेर आरोपीले थप दुई जनाबाट पनि रकम ठगेको खुल्न आएको र अरु कसैले पनि यिनै घर्ती मगरबाट ठगिएको प्रमाण भए प्रहरी समक्ष जानकारी गराउन एसपी रेग्मीले अनुरोध गरेका छन् ।
