
Rgp
Ggp
Rgp1
Srbpu
pku
Pbu
Lnp
Unsku
Sgr

Rgu
Rsb
Hal
Gst
Vor
Pvg
Ssm
Sls
Ksm
nsb
Wsp
Rgu
Rgs
Bbbpu
Tsm
Asm
Bbu
Ggd
Sbs

Jmb
Bml
Pls
Gsb
Rpp
bbt
Ptm
Syp
Mks
sab
Jmb
Rmb
Abd
दाङ । तुलसीपुरका एक युवकमाथि आफ्नै साथीबाट खुकुरी प्रहार भएको छ । आफूसंगै गएका साथीहरुको खुकुरी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ मासु मन्डीदेखि पूर्व पातुखोला घर भएका श्याने भनिने टोपबहादुर नेपाली घाइते भएका छन् ।
नेपालीका दुबै खुट्टाको घुँडादेखि मुनी खुकुरी प्रहार भएको छ, भने शरिरमा पनि खुकुरी प्रहार भएको छ । घाइते नेपालीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँके रेफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।
नेपाली माथि आइतबार बुलुका ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मानपुरमा खुकुरी प्रहार गरेका हुन् । तुलसीपुरबाटसंगै गएका उनकै साथीहरुले नै बिजौरी हुँदै मानपुर पुर्याएर खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । उनीहरु बीचको पूर्व रिसिबीका कारण घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । त्यस्तै खुकुरी प्रहारको दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तुलसीपुर – ९ बेलुका सुरज वली र तुलसीपुरकै सञ्तोष हमाललाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
नेपाली माथि खुकुरी प्रहार घटनामा संलग्न भनिएका दंगीशरण गाउँपालिका – ५ का अन्दाजी २६ बर्षीय निर्मल बस्नेत भने फरार छन् । प्रहरीले उनको खोजी कार्य गरिरहेको जनाएको छ ।
