
Rgp1
Rgp
pku
Lnp
Pbu
Ggp
Sgr
Srbpu
Unsku

Rgu
Sbs
Bbu
Rsb
Vor
Tsm
Bbbpu
Asm
nsb
Gst
Ksm
Rgu
Rgs
Hal
Pvg
Wsp
Ssm
Sls
Ggd

Rmb
Jmb
Syp
Gsb
Mks
Rpp
Jmb
sab
Pls
Bml
Ptm
Abd
bbt
दाङ । देउखुरीको गढवामा लागुऔषध ब्राउन सुगर र नगद रकम सहित दुई जना पक्राउ परेका छन् ।
सोमबार अन्दाजी ९ बजेतिर इलाका प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले गढवा गाउँपालिका ६ स्थित गढवाबाट लमही तर्फ जाँदै गरेको रा ८ प ४७८९ नम्बरको मोटरसाइकल संका लागेर चेकजाँच गर्दा अवैध लागुऔषध ब्राउन सुगर र नगद रकमसहित दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।
त्यस्तै पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका ७ बढवा बस्ने महमद अजाद खाँका छोरा अन्दाजी २० वर्षिय सहिद रजा खाँ र सोही ठाउँ बस्ने मेराज खानका छोरा अन्दाजी २६ वर्षिय महमद ईस्तिका खान रहेका छन् । उनीहरुको साथबाट ३ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर,१ लाख ३९ हजार ५ सय रुपैँया नगद,५ थान मोबाइल (स्क्रीन टच ४ थान र एक थान सादा) र एक थान मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
