Sidha Patra बिहिबार, जेठ १०, २०८१

दाङ । ब्रहमाकुमारी इश्वरीय बिश्वबिधालय लमहीको २२ औ बार्षिक साधारण शभा तथा बुद्ध जयन्तीको अबसरमा स्नेह मिलन कार्यक्रम लमहीमा सम्पन्न भएको छ ।

ब्रहमाकुमारी ईश्वरीय बिश्वबिधालय लमहीका संचालक ईश्वराको अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक योजना मन्त्री धर्म बहादुर चौधरीको प्रमुख आतिथ्यता र लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि चौधरीले नेपालको समग्र बिकाशको लागी नेपाललाई प्रकृति र आध्यात्मसंग जोडेर बिकाशका योजनाहरु निर्माण गर्न आबश्यक रहेको बताए । प्रकृतिक सम्पदाको हिसाबले नेपाल बिश्वकै धनी देश हो,हाम्रो देशको प्रत्यक क्षेत्रलाई प्रकृतिले छुट्टै परिचय दिएको छ । त्यो परिचयलाई आत्मसाथ गर्दे आध्यात्मीकतालाई जोडदै बिकाशका योजना अघि सार्न जरुरीरहेको मन्त्री चौधरीको भनाई थियो ।

कार्यक्रमका बिशिष्ट अतिथि लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले सत्र्कमले मात्र मानीसलाई सहिमार्गमा हिड्न सिकाउने बताए । कार्यक्रममा अन्तराष्टिय ख्याति प्राप्त प्रशिक्षक ब्रहमाकुमार राजु घलेले मनलाई सकारात्मकता,शान्ती र सत्यसंग जोड्न सकेमात्रै मुलुकको हित हुने बताए ।

बार्षिक उत्सब कार्यक्रममा ईश्वरीय बिश्वबिधालय लमहीका ब्यबस्थापन समितिका अध्यक्ष दामोदर पान्डेयले बार्षिक प्रगति र उपलब्धिहरुको बारेमा जानकारी गराएका थिए । नियमितरुपमा रोजयोग शिक्षामा सहभागि भएको भाई तथा बहीनीहलाई सम्मान गरिएको थियो । २०६० साल जेठ दश गते लमहीमा ब्रहमाकुमारी ईश्वरीय बिश्वबिधालयको शुभारम्भ भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]