
pku
Srbpu
Lnp
Rgp1
Unsku
Ggp
Pbu
Rgp
Sgr

Sls
Rgs
Ssm
Ggd
Bbbpu
Gst
Sbs
Vor
Tsm
Asm
Pvg
Hal
Rgu
Rsb
Wsp
nsb
Bbu
Rgu
Ksm

Rpp
Mks
Jmb
Jmb
Abd
sab
Rmb
Bml
Gsb
Pls
Syp
bbt
Ptm
दाङ । देउखुरीको लमही नगरपालिका–५ मा विकासे आयोजनाका काम धामधम भैरहेका छन । कतै आयोजनाका काम निर्माण सम्पन्न भैसकेका छन भने कतै अन्तिम चरणमा रहेको वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले बताए ।
वडा नम्बर ५ को कोलहीदेखि बसन्तनगरसम्म जाने कच्ची बाटोलाई खोलाले कटान गर्दा आवतजावत गर्न समस्या भएको थियो सो स्थानमा लुम्बिनी प्रदेश सरकारले तटबन्ध निर्माणका लागि ५० लाख बजेट विनियोजन गरेको थियो । त्यहाँ तटबन्ध र १ सय ७५ मिटर पक्कि नाला निर्माण कार्य भैरहेको छ भने सोहि ठाउँमा १० लाख बजेट विनियोजन गरेर १ सय मिटर सडक कालोपत्रे हुने भएको छ ।
त्यसैगरी प्रदेश सरकारबाट प्राप्त २० लाख बजेटबाट आनन्द नगर टोलमा ४ सय मिटर नाली तथा बाटो ग्रेभलको काम हुँदै छ । शहरी विकास मार्फत आएको ७० लाख बजेटले कृपा मेडिकल नजिक भएर बग्ने ढलको निकासका लागि ढल निर्माणको कार्य तिब्रगतिमा भैरहेको छ । कृपा मेडिकल भएर बग्ने ढललाई लोटिया सोतामा झार्ने गरि काम भैरहेको वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले बताए ।
त्यस्तै आदर्श टोलमा पानी निकासका लागि १८ लाख बजेट विनियोजन भएर काम भैरहेको वडा नम्बर ५ का वडा सदस्य हरिराम चौधरीले जानकारी दिए । शहरी विकासबाट प्राप्त भएको २० लाख बजेटले गोरक्ष टोलमा १ सय ७ मिटर रेटेनिंग वाल निर्माणको काम अन्तिम चरणमा पुगेको वडा सदस्य चौधरीले बताए ।
गोरक्ष टोलमै ४ लाख ५० हजार बजेटबाट २ सय मिटर पक्कि नाली निर्माण भैरहेको छ । अन्य स्थानमा आगामी बजेटले छुने गरेर आयोजनाहरु संचालन हुने वडा अध्यक्ष सुवेदीको भनाई छ । एकै पटक चारैतिर बजेट कनिका छितारे जस्तो नगरौं, आवश्यकता के हो भनेर रामोसंग बुझेर मात्र बजेट हालौं भन्ने सल्लाहबाट हामीले काम गरेका हौँ’– उनले भने । पाइला–पाइला विकास गर्न सम्भव छैन, त्यो गर्नका लागि संघ र प्रदेशले ठुलो आकारको बजेट पालिकामा पठाउन पर्छ अनि मात्र सम्भव छ । बजारमा जे–जस्तो हल्ला चलेता पनि नगरपालिकाले आयोजनाका काम गरेको छ, एकै पटक कायापलट हुँदैन, क्रमिक रुपमा जनताका चाहाना पुरा गर्नेमा हामी लागेका छौं’– वडा अध्यक्ष सुवेदीले भने ।
