
Ggp
Rgp1
Srbpu
Rgp
Unsku
Lnp
Pbu
Sgr
pku

Bbu
Tsm
Bbbpu
Rgu
Sbs
Ggd
Pvg
Rgu
Wsp
Vor
nsb
Ksm
Gst
Rgs
Sls
Rsb
Hal
Asm
Ssm

Syp
Bml
Rpp
Ptm
Jmb
Gsb
Mks
Jmb
sab
Abd
Pls
bbt
Rmb
काठमाडौँ । आब बिहानैबाट काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।
त्यस्तै काठमाडौँका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनले भने, “अहिले काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धापड्याम, शिवपुरीमा पानी परिरहेको र सबैभन्दा बढी सुन्दरीजलमा वर्षा भइरहेको छ ।”
यस्तै उपत्यकाको उत्तरी भेगका अधिकांश ठाउँमा वर्षा भइरहेको तथा करिब दुई दिन घण्टा वर्षासहित मौसम बदली भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी आज बागमती, कोषी तथा मधेस प्रदेशका एक दुई स्थानमा राति भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् अर्यालले बताए । स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षा भइरहेको तथा आज काठमाडौँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
