
Pbu
Lnp
Sgr
Srbpu
Rgp
Rgp1
Unsku
Ggp
pku

Hal
Sls
Tsm
Bbu
nsb
Sbs
Ssm
Ksm
Vor
Rgu
Rgs
Rgu
Ggd
Asm
Wsp
Bbbpu
Gst
Rsb
Pvg

Bml
Syp
Rmb
Mks
Ptm
Jmb
Jmb
bbt
Abd
Pls
sab
Gsb
Rpp
दाङ । नागरिक समाज देउखुरीको संयोजकमा पूर्व कार्यवाहक संयोजक प्रकाश कुमार खनाल मनोनयन भएका छन् ।
जेठ ४ गते शुक्रवारको दिउसो जेष्ठ नागरिक सञ्जाल लमहीको सभाकक्षमा सम्पन्न भेलाले लामो समय सचिव र केही समय कार्यवाहक संयोजक रहेका खनाललाई सर्वसहमतिले संयोजकमा चयन गरिएको हो ।
नागरिक समाज दाङका संयोजक नीमबहादुर थापाको प्रमुख आतिथ्यता,कावा संयोजक प्रकाशकुमार खनालको अध्यक्षता र बालमुकुण्द शर्मा आचार्यको सहजिकरणमा सम्पन्न भेलाले उप–संयोजकमा शीला शर्मालाई चयन गरेको छ । क्षेत्रिय सल्लाहकार जागेश्वर शर्मा घिमिरे,दामोदर पाण्डेय र शशिधर ज्ञवालीको सक्रिय प्रामर्शमा चयन गरिएको समिति कोषाध्यक्ष सहित समावेशी एवं क्षेत्रिय सन्तुलन मिलाएर १५ सदस्यीय बनाउनेगरी गठन गरिएको नव निर्वाचित प्रेस संयोजक राधेश्याम गुप्ताले जानकारी दिए ।
गठित समितिका अन्य पदाधिकारी र सदस्यहरुमा सचिव बालमुकुण्द शर्मा आचार्य, सदस्य गोविन्द रिजाल,यमकला गैरे,राधेश्याम गुप्ता,सेषमणि शर्मा घिमिरे (राप्ती गापा), प्रताप चौधरी (राजपुर गापा) र सन्तवचन यादव (गढवा गापा) चयन भएका छन् । लमही नपा बाहिरका स्थानीय निकायबाट कम्तिमा २÷२ जना सहभागिताको साथै समावेशीताका लागि केही सिटहरु बाँकी राखिएको नवनिर्वाचित संयोजक खनालले बताए ।
विगत केही समय नेतृत्व देश बाहिर रहेका कारण क्षेत्रिय समितिको गतिविधि सुस्त रहेको समीक्षा गर्दै देशको कालपरिस्थिति अनुसार नागरिक समाज चल्नुपर्ने सुझाव सहभागि वक्ताहरुले दिएका थिए । सल्लाहकार जागेश्वर शर्मा घिमिरेले संविधान जारी भएको ९ वर्ष पुरा हुदै छ तर सार्वभौमसत्ता सम्पन्न नागरिकले मौलिक हकसम्म प्रयोग गर्न नपाएको गुनासो गरे । अर्का सल्लाहकार दामोदर पाण्डेयले संविधानको धारा ३१ र ३५ मा शिक्षा र स्वास्थ्य नि:शुल्क भनिएको छ तर दुबैमा निजि र सामुदायिकको नाममा जे मन लाग्यो त्यही भइरहेको बताए ।त्यस्तै लामो समय माविको प्रअ रहेका शशिधर ज्ञवालीले इक्षाएको विद्यालयमा पढ्न पाउनु बच्चाको अधिकार हो, तर एउटै स्थानमा दुई प्रकारको पाठ्यपुस्तक सञ्चालन गराउनु समाजवाद उन्मुख भनिएको सरकारलाई सुहाउने विषय नरहेको बताए । यस्तै नवनिर्वाचित उप-संयोजक शीला शर्माले सहभागि सबैलई धन्यवाद दिंदै देश सन्तुलित ढंगले चलिरहेको छैन, यस्तो अवस्थामा नागरिक समाज अलि चनाखो हुनुपर्ने बताए ।
प्रमुख अतिथि एवं नागरिक समाज दाङका संयोजक नीमबहादुर थापाले नेपालको संविधान जारी भएको ९ वर्ष पुग्दै छ । संविधानमा उल्लेख गरिएको तीनवर्ष भित्र कानुन निर्माण गरेर सुशासन र मौलिक हकको कार्यान्वयन गरिने छ भनिएको छ तर अहिले पनि नागरिकको हितविपरित पुराना कानुनको प्रयोग गरेर धरपकड मच्चाइएकोले अब समीक्षा गर्ने बेला भएको बताए । साथै उनले यहीँ जेठ तेस्रो साता नेपालको संविधान २०७२ का मौलिक हकको कार्यान्वयनको अवस्था विषयमा अन्तरक्रिया गरिने समेत जानकारी दिए ।
