
Sgr
Srbpu
pku
Pbu
Lnp
Unsku
Rgp
Rgp1
Ggp

Pvg
Rgu
Rgu
Ggd
Sbs
Sls
nsb
Vor
Gst
Ksm
Ssm
Rgs
Bbu
Asm
Rsb
Wsp
Tsm
Hal
Bbbpu

Rpp
Pls
sab
Ptm
Gsb
bbt
Jmb
Jmb
Bml
Mks
Abd
Rmb
Syp
दाङ । देउखुरीको राजपुरमा एक सामुदायिक बनले अर्कै सामुदायिक बनक्षेत्रमा सालका रुख ढालेको आरोप लागेको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा जँगलमा अर्कै बनक्षेत्रमा गएर रुख काटिएको आरोप लागेको हो । राजपुर-३ स्थित जनकल्यान सामुदायिक बन र बनशक्ति सामुदायिक बन छिमेकी बनहरु हुन । यी २ मध्य बनशक्ति सामुदायिक बनले कटान आदेश पाएर काम शुरु गर्यो भने जनकल्यान सामुदायिक बनले कटान आदेश पाएन ।
डिभिजन बन कार्यालय देउखुरीबाट कटान आदेश पाएर काम शुरु गरेको बनशक्ति सामुदायिक बनले जनकल्यानको बनमा गएर रुख ढालेको आरोप लागेको छ । ठुलाठुला २ वटा सालका रुखहरु ढालेर लाबारिसे अबस्थामा छोडिएको छ । ढलेका रुखमा टाँचा समेत लगाईएको छ । तर ढालिएका रुखको ब्यबस्थापनमा कुनै समुहले चासो देखाएका छैनन् । टाँचा १ र २ नम्बरका रुखहरु ढालिएको छ तर गेन्डाईएको छैन । एक स्थानियले दुईओटा रुख ढालिएको क्षेत्र जनकल्यानकै भएको दाबि गरे । बनशक्तिले ती रुखसँगै आदेशानुसार कटान सम्पन्न गरिसकेको छ । तर ती दुई रुख बाहेक अन्य रुखहरुको ब्यबस्थापन गरि घाटगद्दि समेत गरिसकेको छ । ति दुई रुखहरु लाबारिसे अबस्थामा छोडिदिँदा थप आशँका पैदा भएको छ ।
नाम उल्लेख नगर्ने सर्तमा एक स्थानियले रुख ढालिएको एक महिना भन्दा बढि बितिसक्दा पनि त्यसै लाबारिसे छोडिएको बताए । उक्त क्षेत्र जनकल्यानकै भएको दाबि गर्दै उनले अन्य काठहरु ब्यबस्थापन गर्नसकेको बनशक्तिले ती दुई रुखहरु ब्यबस्थापन गर्न नसकेकोमा शँका ब्यक्त गरे । ‘यदि बनशक्ति सहि छ भने ती दुई रुखपनि ब्यबस्थापन गर्न सक्नुपर्थ्यो, अरु काठ त ब्यबस्थापन गरिसक्यो नि ती स्थानियले भने-एक महिना सम्मपनि ब्यबस्थापन गर्न सकेन,यसको मतलब केही शँका गर्ने ठाउँ छ, परेपछी देखाउँला ।’
यता जनकल्यान बन समुहका अध्यक्ष लिलाराम यादबले पनि उक्त रुख काटिएको क्षेत्र आफ्नै बनक्षेत्र रहेको ठोकुवा गरे । उनले कार्ययोजनामै उक्त क्षत्र जनकल्यानमा रहेको बताउँदै बनशक्तिलाई आफ्नो कार्ययोजना देखाउन अनुरोध गर्दापनि अटेरी गरेको बताए । रुख काट्नेबेला आफू कार्यबहाक दिएर बिदामा रहेको बताउँदै उनले पछि आउँदा रुख ढालिएको पाएको बताए । उनले बन समूह तथा बन कार्यालयहरुसँग छलफल भईरहेको बताए । प्राबधान अनुसार बन समुहले कटान आदेश लिँदा छिमेकी समुहबाट पनि सहमती लिनुपर्ने हुन्छ । त्यो सहमतीमा जनकल्यानका अध्यक्ष लिलारामले आफै हस्ताक्षर गरेका छन ।
यता डिभिजन बन कार्यालय देउखुरीका डिभिजन बन अधिकृत राजु क्षेत्रीले जिपिएसका आधारमा उक्त क्षेत्र बनशक्ति कै रहेको बताए । रुखहरु ठुला भएको र मानिसहरुबाट लोड हुन नसक्ने अबस्था भएपछि जेसिबि मार्फत लोड गराउन फिल्डमै छोडिएको जानकारी दिए । गेन्डा बनाएपछि चोरी हुन सक्ने बताउँदै उनले उठाउनेबेला गेन्डा गराउने भनी सिँगै रुख छोडिएको बताए । सिमा बिबाद देखिएकोले दुबै समुहको तत्काल बैठक बोलाई फायरलाईन प्रबिधी मार्फत सिमा टुङ्ग्याउने र दुबै समुहको कार्ययोजना आपसमा भिडाएर निचोड निकालिने बन अधिकृत क्षेत्रीले बताए ।
उता आरोपित बनशक्ति बन समुहका अध्यक्ष भरत यादबले यस बिषयमा आफू अनबिज्ञ रहेको र सिमाका कारणले बिबाद भएको बताए । आफू यही बैशाख २० गते बनशक्तिको अध्यक्ष भएको बताउँदै उनले आफू अध्यक्ष नहुँदै उक्त रुख ढालिएको बताए । डिभिजन बनको कार्यादेश अनुसार काम शुरु गर्दा बनशक्ति बन समुहको अध्यक्षमा कल्लु यादब थिए । उनकै पालामा उक्त रुखहरु ढालिएको थियो । तर उनी हाल बन समुहको अध्यक्षको जिम्बेवारबाट पन्छि सकेका छन । स्थानियका अनुसार बिबाद भएपछि उनी बनको अध्यक्ष छोडेका हुन । काम चल्दैगर्दा बनशक्ति समुहको अधिबेशन हुनुले पनि थप आशँका पैदा गरेको छ । यस बिषयमा कल्लु यादबलाई फोनगर्दा सम्पर्क हुन सकेन ।
त्यस्तै ढालेरपनि लाबारिसे अबस्थामा रहेको त्यो क्षेत्र दुबै बनसमुहको सिमा मानिन्छ । प्राबधान अनुसार सिमाभन्दा कम्तिमा ५० मिटर भित्रका रुखहरु काट्न पाईदैन । तर डिभिजन बनले ती रुखहरु काट्न आदेश दिँदा अहिले समस्या थपिएको छ ।
