
pku
Rgp1
Sgr
Srbpu
Pbu
Unsku
Ggp
Lnp
Rgp

Sls
nsb
Rsb
Pvg
Wsp
Bbbpu
Vor
Ksm
Tsm
Hal
Rgu
Rgs
Gst
Asm
Ssm
Ggd
Bbu
Rgu
Sbs

Syp
Rmb
Ptm
Jmb
Rpp
bbt
sab
Abd
Gsb
Pls
Jmb
Mks
Bml
काठमाडौं । कास्की पोखरा स्थित सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो । जीबी राईको नाममा जारी राहदानी रद्द गर्न पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले बताए । उनले भने, ‘यहाँबाट राहदानी विभागमा लेखेर पठाइएको छ ।’
त्यस्तै उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट डिफ्युजन र रेड नोटिश जारी भएको छ । १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिश जारी भएको थियो । डिफ्युजन नोटिसको आधारमा उनी मलेसियामा लोकेट भएका हुन् । सरकारले उनलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई कूटनीतिक नोट पनि पठाएको थियो ।
