
mbd
Rbs
Mbdvs
Sds
Pbu
Gisld

Rgu
Rsb
Bbu
Hal
Tsm
Sls
Wsp
Ssm
Ggd
Gst
Vor
Pvg
Sbs
nsb
Rgs
Bbbpu
Ksm
Asm
Rgu

Jmb
Bml
Abd
Pls
Rmb
bbt
Mks
Gsb
Jmb
Rpp
Syp
Ptm
sab
जनकपुरधाम । रौतहटस्थित श्रीराम चिनी उद्योगले किसानको खातामा पैसा पठाउन शुरु गरेको छ । उसले शुक्रबार ५ हजार ३ सय जना किसानको खातामा रकम पठाएको छ ।
उक्त चिनी मिलका सन्चालक विशाल अग्रवालसहित तीन जनाविरुद्ध ठगी मुद्दामा पक्राउ आदेश जारी भएपछि उद्योगले भुक्तानी दिन शुरु गरेको हो । शुक्रबार श्रीराम चिनी उद्योगले १६ करोड ४४ लाख,५५ सय किसानको खातामा हालिदिएको जानकारी आएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले जानकारी दिनु भयो । ‘चिनी उद्योगीले क्रमशः सबै किसानको खातामा बक्यौता रकम हालिदिने बताएको छ, उनले भने,‘हामीले निगरानी गरिरहेका छौं ।’
किसानले आफूहरुको ४१ करोड बक्यौता बाँकी रहेको र उद्योगले ३५ करोड दिन मात्रै बाँकी रहेको बताइरहेको जनाउँदै डिआइजी सिंहले सम्पूर्ण हिसाब फर्छ्योट नभएसम्म आफूहरुले निगरानी गरिराख्ने बताउनु भयो ।
‘अन्नपूर्णका सन्चालकको खोजी भइरहेको छ’
डिआइजी सिंहले सर्लाहीस्थित अन्नपूर्ण चिनी उद्योगका संचालक राकेश अग्रवालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएकाले उनको खोजी पनि शुरु गरिसकिएको बताए । ‘हामीले उनको खोजी तदारुकताका साथ गरिरहेका छौं,’ उनले भने । उखु किसानको १७ करोड राकेश अग्रवाललाई तिर्न बाँकी छ । किसानले गत बुधबार जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा जाहेरी दिएपछि अग्रवालविरुद्ध पक्राउ पूर्जी आदेश जारी गरिएको छ ।
