Sidha Patra शनिबार, पुष ०४, २०७७

जनकपुरधाम । रौतहटस्थित श्रीराम चिनी उद्योगले किसानको खातामा पैसा पठाउन शुरु गरेको छ । उसले शुक्रबार ५ हजार ३ सय जना किसानको खातामा रकम पठाएको छ ।

उक्त चिनी मिलका सन्चालक विशाल अग्रवालसहित तीन जनाविरुद्ध ठगी मुद्दामा पक्राउ आदेश जारी भएपछि उद्योगले भुक्तानी दिन शुरु गरेको हो । शुक्रबार श्रीराम चिनी उद्योगले १६ करोड ४४ लाख,५५ सय किसानको खातामा हालिदिएको जानकारी आएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले जानकारी दिनु भयो । ‘चिनी उद्योगीले क्रमशः सबै किसानको खातामा बक्यौता रकम हालिदिने बताएको छ, उनले भने,‘हामीले निगरानी गरिरहेका छौं ।’

किसानले आफूहरुको ४१ करोड बक्यौता बाँकी रहेको र उद्योगले ३५ करोड दिन मात्रै बाँकी रहेको बताइरहेको जनाउँदै डिआइजी सिंहले सम्पूर्ण हिसाब फर्छ्योट नभएसम्म आफूहरुले निगरानी गरिराख्ने बताउनु भयो ।

‘अन्नपूर्णका सन्चालकको खोजी भइरहेको छ’

डिआइजी सिंहले सर्लाहीस्थित अन्नपूर्ण चिनी उद्योगका संचालक राकेश अग्रवालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएकाले उनको खोजी पनि शुरु गरिसकिएको बताए । ‘हामीले उनको खोजी तदारुकताका साथ गरिरहेका छौं,’ उनले भने । उखु किसानको १७ करोड राकेश अग्रवाललाई तिर्न बाँकी छ । किसानले गत बुधबार जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा जाहेरी दिएपछि अग्रवालविरुद्ध पक्राउ पूर्जी आदेश जारी गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]